- Advertisement -spot_img
Thursday, April 15, 2021
Homebreaking-newsसुकुमबासी र अव्यवस्थित बसोबासबारे छलफल

सुकुमबासी र अव्यवस्थित बसोबासबारे छलफल

- Advertisement -spot_img

प्रदेश टुडे
देउखुरी, १३ फागुन । राप्ती गाउँपालिकामा भूमिहीन दलित सुकुमबासी र अब्यवस्थित बसोबासबारे छलफल गरिएको छ । स्थानीय तहबाट लगत संकलन सम्बन्धी कार्यविधि २०७७ को सन्दर्भमा छलफल गरिएको हो । गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको छलफलमा वडा अध्यक्षहरू तथा भूमिसम्बन्धी समस्या समाधान आयोगका प्रतिनिधिबीच छलफल भएको हो । राप्ती गाउँपालिकामा १३ गते राप्ती गाउँपालिकामा भूमिहीन दलित सुकुमबासी र अब्यवस्थित बसोबासका बारेमा हुने प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमको तयारी साथै हुने प्रदेश स्तरीय सहजीकरण समिति गठन सम्बन्धमा छलफल गरिएको छ ।

छलफलमा भूमिहीन दलित सुकुमबासी र अब्यवस्थित बसोबासको स्थानीय तहबाट लगत संकलनसम्बन्धी कार्यविधि–२०७७ मा उल्लेख गरिएका विषयवस्तुमाथि भूमिसम्बन्धी समस्या समाधान आयोगका प्रतिनिधि विज्ञ जगत देउजा र रेमन्त चौधरीले प्रष्ट्याएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here