- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeसम्पादकीयसीमा सुरक्षा बढाऊ

सीमा सुरक्षा बढाऊ

- Advertisement -spot_img

सीमा महत्वपूर्ण आधार हो । अपनत्वमा सीमाले नै स्थायित्व बनाउँछ । स्थानीयस्तरको सामान्य सीमादेखि राष्ट्रिय सीमाना जोड्ने सीमा निर्धारण नै गरिएको हुन्छ । पछिल्लो समय नेपाल भारतको सीमाना सुरक्षाको विषयले धेरै नै चर्चा पाइरहेको छ ।
दाङमा पनि झण्डै ८३ किलोमिटर नेपाल भारत सीमा क्षेत्र रहेको छ । जसको सुरक्षामा केही कमजोरी नेपालबाट देखिएको छ । भारतीय पक्षले सीमा अतिक्रमण गरेको सार्वजनिक भइरहेका समयमा दाङ जिल्लामा पर्ने सीमाहरूका नेपाली सीमा सुरक्षाका लागि सुरक्षा व्यवस्था कमजोर देखिनुले देशको सीमा सुरक्षा बढाउन आवश्यक देखाएको छ ।
जिल्लामा पर्ने दुई देशीय सीमाना सुरक्षामा दाङ गम्भीर हुनुपर्ने देखिन्छ । यसमा स्थानीय प्रशासन, स्थानीय सरकार र स्थानीय नागरिकसँगै राष्ट्रले नै चासो र गाम्भीर्यता देखाउन जरूरी छ ।
दाङ जिल्लामा पर्ने नेपाल भारत सीमा क्षेत्रको ८३ किलोमिटर सीमा सुरक्षाको दूरीमा सीमा सुरक्षाका लागि दुईवटा सशस्त्र प्रहरीको सुरक्षा बल राखिएको छ । भने प्रहरी पोष्ट पाँच स्थानमा राखिएका छन् । यो सुरक्षा संयन्त्र सीमा सुरक्षाका लागि पर्याप्त छैन ।
भारतले प्रत्येक ४÷५ किलोमिटरमा आफ्नो सुरक्षा बल राखेर सीमा सुरक्षा बलियो बनाइरहेको बेला नेपालको सुरक्षा ८३ किलोमिटरको दूरीमा दुई सुरक्षा बलले कसरी गर्न सक्छन् ? भन्ने कुरामा गम्भीर हुन जरूरी छ । सशस्त्रको एउटा पोष्ट कोइलावास नाकामा भए पनि अर्काे पोष्ट भने सीमाभन्दा झण्डै १२ किलोमिटरभित्र राखिएको छ ।
८३ किलोमिटर सीमा सुरक्षाको लागि गढवा गाउँपालिकाको कोइलाबास नाका र राजपुरको सुनपथरीमा सीमा सुरक्षा पोष्ट राखिनुले मात्रै सीमा सुरक्षा बलियो हुँदैन होला । एउटा सुरक्षा पोष्टले ४२ किलोमिटर सुरक्षा गर्नुपर्ने अवस्था छ ।
यो अवस्था आउन दिनुहुँदैन । तर भारतीय सीमा सुरक्षा बल भने ५/५ किलोमिटरको दूरीमा राखिएको छ । सरकारले तत्काल सीमा सुरक्षाका लागि सुरक्षा व्यवस्थाको रणनीति फेरेर सुरक्षा बढाउनुपर्छ ।
नेपाली क्षेत्रमा सुरक्षाका लागि धेरै समस्या होलान र छन् पनि । तर पनि देशको सीमा रक्षाका लागि देखिने त्यस्ता समस्याहरूलाई राज्यस्तरबाट तत्काल सुधार गरेर सुरक्षामा सहज बनाइनुपर्छ । सीमा सुरक्षामा रहेको सुरक्षाकर्मी नै असुरक्षित हुने अवस्था र वातावरण ल्याइनु हुँदैन ।
आवश्यकता अनुसार सुरक्षा व्यवस्था, सडक, फोन, विद्युतको समस्यालाई तत्काल सुधार गरेर जानु सक्नुपर्छ र सीमा सुरक्षामा गम्भीर बनेर लाग्नुपर्छ । सुरक्षा कमजोरीकै कारण छिमेकीले सीमा मिच्न नपावस् । त्यसमा सुरक्षा चनाखो बनाइनुपर्छ । सीमा क्षेत्रमा सुरक्षा बल बढाउन आवश्यक छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here