- Advertisement -spot_img
Monday, April 19, 2021
Homeसमाजसीप सिकाइबाट आत्मनिर्भर बन्दै महिला

सीप सिकाइबाट आत्मनिर्भर बन्दै महिला

- Advertisement -spot_img

दंगीशरण, १६ जेठ । दंगीशरण–१ गोल्टाकुरीका महिलाहरु दालमोट बनाएर आत्मनिर्भर भएका छन् । खाजाको रुपमा खाईने दालमोटबाट आत्मनिर्भर बन्ने सोचका साथ चार दिनको तालिममा सहभागी भएर उनीहरु दालमोट बनाउने सिप सिकेका छन् । निर्मला बुढाथोकीले दालमोट बनाउने तालिम पाएर धेरै खुसी लागेको बताईन् ।
घरायसी र ब्यवसायीक बनाउने यो तालिमले महिलाहरुका लागि ठूलो उपलब्धि भएको भन्दै अबका दिनमा यसलाई ब्यवसायीक रुपमा अगाडि बढाउने बताईन् । प्रशिक्षार्थी दुर्गा वलीले भनिन् ‘कसरी बनाउँछन् भन्दै खादै गरेको दालमोट अब त थाहा पाए सजिलै लाग्यो,
आउने दिनमा यस्ता नयाँ–नयाँ सिप सिकाए त के गरम भन्ने दिन आउँथेन महिलाहरुलाई ।’ हेम कुमारी चौधरी र चन्द्रकुमारी चौधरीले खाजाको रुपमा रोटी मात्र पकाउन जान्ने हामी महिलालाई यो तालिमले ठूलो उपलब्धि दिएको बताइन् ।
गोल्टाकुरी महिला साना किसान कृषि सहकारी सस्ंथा गोल्टाकुरीको आयोजना तथा दंगीशरण गाउँपालिकाको समन्वय एवं दंगीशरण गाउँपालिका वडा नं. १ को सहयोगमा भएको तालिममा १ सय २० जना महिलाहरुले दालमोट बनाउने सिप सिके ।
साना किसान टरिगाउँ तुलसीपुरकी अध्यक्ष भगवता धिताल र उपाध्यक्ष बालिका पाण्डेले दालमोट बनाउने प्रशिक्षण थिए । लक्षित वर्गका लागि जेठ १३ देखि १६ गतेसम्म सञ्चालित दालमोट बनाउने तालिमको बिहीबार भएको समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणका महिलाहरुलाई उद्यमी महिला भएको हेर्न चाहेको बताए ।
दंगीशरणलाई कुनै पनि क्षेत्र वा ब्यवसायबाट समृद्ध बनाउन आवश्यक रहेको भन्दै अबका दिनमा हरेक घरका हरेक महिलाहरु सफल महिला बन्नुपर्ने बताए । महिलाहरुको बृद्धि विकासका लागि गाउँपालिकाले जस्तोसुकै कार्यक्रम गर्न तयार रहेको उनको भनाइ थियो ।
यस्तै वडा अध्यक्ष श्रीप्रसाद चौधरीले हिजोका दिनमा वडाका महिलाहरु घरायसी काममा मात्र देखिएको भन्दै अबका दिनमा ब्यवसायीक महिलाका रुपमा चिनिन आग्रह गरे ।
वडालाई सबै क्षेत्रबाट राम्रो बनाउनका लागि सबै लाग्नुपर्ने भन्दै महिला, जनजाति, दलित सबैका लागि समय सापेक्ष कार्यक्रम गर्न आफू सधै तयार रहेको बताए ।
गोल्टाकुरी महिला साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष डम्बर कुमारी डाँगीको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष श्रीप्रसाद चौधरीको विशिष्ट आतिथ्यतामा तालिमको समापन भएको हो । कार्यक्रमको सहजीकरण सुमन चौधरीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here