- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरसिन्धुपाल्चोकमा बस दुर्घटना, १५ को मृत्यु

सिन्धुपाल्चोकमा बस दुर्घटना, १५ को मृत्यु

- Advertisement -spot_img

सिन्धुपाल्चोक, ३० मंसिर । कालिञ्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कदै गरेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित ६ किलोमा दुर्घटना मृत्यु हुनेको संख्या १५ पुगेको छ । बस दुर्घटना हुनुको एकीन कारण नखुले पनि बसको खराब अवस्थाका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्स्पेक्टर गणेश खनालका अनुसार बसका चालक सम्पर्कमा छैनन् ।
दुर्घटना हुने बित्तिकै बसका चालक भागेको दुर्घटनाका घाइतेहरुले बताएका छन् । बसको सहचालक बताउने गिपलव तामाङले दुर्घटना अघि बसका चालकले हावा फुस्क्यो भनेर कराएको प्रहरीलाई बताएका थिए । इन्स्पेक्टर खनालले भने, ‘बसको चालक को हुन् र उनको अवस्था के छ थाहा हुन सकेको छैन । यसबारे थप अनुसन्धान भइरहेको छ ।’
प्रहरीका अनुसार आइतबार बिहान सवा ८ बजे बा ४ ख ४४६८ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित ६ किलो मोडमा दुर्घटना भएको हो । दुर्घटनामा १५ जनाको मृत्यु र १७ जना घाइते भएका छन् । मृत्यु हुनेमा ८ महिला, ४ पुरुष, एक बालिका र दुई बालक रहेका छन् । मृतक १५ जनामध्ये १२ जनाको परिचय खुलेको छ ।
घुम्ती नै घुम्ती रहेको सडकमा बस पल्टिदा ज्यान गुमाउनेमा सिन्धुपाल्चोक जुुगल गाउँपालिका ६ का सुकबहादुुर तामाङ, जुुगल ६ का ७ वर्षकी सविना तामाङ, जुगल ७ का रेशमा तामाङ र १५ महिनाकी बालिका रोशनी तामाङ, दोलखा भिमेश्वर नगरपालिकाका अन्दाजी ३७ वर्षकी जुनुमाया तामाङ, भिमेश्वर नगरपालिका ९ का २८ वर्षकी मञ्जु तामाङ र ४२ वर्षकी लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकुण्ड गाउँपालिका–५ का महेश तामाङ,
सिन्धुपाल्चोक बलेफी गाउँपालिका ७ की ३५ वर्षीया कुलमाया तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखा गाउँपालिका–४ की ५५ वर्षीया गंगामाया लामा, काभ्रेको बेथानचोक गाउँपालिका–५ का ३६ वर्षका रामशरण खत्री र भक्तपुर सूर्यविनायक नगरपालिका–८ का ३२ वर्षीय चिनु बस्नेतको परिचय खुलेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here