सिद्धेश्वरीको अध्यक्षमा पुनः शाह

मुख्य खबर समाज

तुलसीपुर, ३ असोज । तुलसीपुर उपमहानगरपालिका–११ मा रहेको सिद्धेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः शुष्मा शाह चयन भएकी छन् । संस्थाको बिहीबार भएको १४औँ साधारण सभा तथा छैठौ अधिवेशनले फेरी शाहकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
संस्थाको उपाध्यक्षमा सीता चौधरी, सचिवमा रमा अधिकारी, कोषाध्यक्षमा निर्मला महतारा र सदस्यमा उर्मिला आचार्य, सुशीला भण्डारी, सुशीला डाँगी, बुधनी चौधरी, ममता न्यौपाने र खिमा खड्का चयन भएका छन् । यस्तै सावित्रा ढकालको संयोजकत्वमा गठित लेखा उपसमितिमा विष्णी चौधरी र विमला केसी चयन भएका छन् ।
देविका सोनामको संयोजकत्वमा गठित शिक्षा उपसमितिको सदस्यमा कमला केसी र भिमा विष्ट चयन भएका छन् भने ऋण उपसमितिको संयोजकमा सिता चौधरी चयन भएकी छन् ।
जसको सदस्यमा कौशिला वली र रमा केसी चयन भएको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष शुष्मा शाहको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष चित्र बहादुर वलीको प्रमुख आतिथ्यमा भएको १४औँै साधारणसभा तथा छैठौ अधिवेशनमा भएको हो ।
त्यस अवसरमा सहभागीहरुले सहकारीले महिलाहरुको आर्थिक, सामाजिक तथा व्यक्तित्व विकासमा महत्वपूर्ण सहयोग पुगेको बताएका छन् । कार्यक्रममा संस्थाका संस्थापक तथा महिला अधिकारकर्मी शुष्मा गिरी,
मितेरी बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष हेमराज वली, पशुपति महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रभा खड्का, अमर मामि उरहरीकी शिक्षिका बसुन्धरा अधिकारी, संस्थाका शेयर सदस्यहरु मिना खनाल, उर्मिला आचार्यलगायतले सहकारीको माध्यबाट मुलुकको समग्र विकास टेवा पुग्ने भन्दै सहकारीहरुका विकासमा सबै सरोकारवालाहरुले ध्यान दिनुपर्नेमा समेत जोड दिए ।
साधारणसभामा संस्थाका व्यवस्थापक सावित्रा चापागाई वलीले आर्थिक प्रतिवेदन, संस्थाका सचिव रमा अधिकारीले प्रगति प्रतिवेदन र लेखासमितिका सदस्य सावित्रा ढकालले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण संस्थाका कोषाध्यक्ष निर्मला महतराले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *