- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरसिकलसेल प्रयोगशाला स्थापना हुँदै

सिकलसेल प्रयोगशाला स्थापना हुँदै

- Advertisement -spot_img

घोराही, ५ साउन ।
दाङसहित प्रदेश नम्बर ५ का ६ जिल्लाका थारु समुदायमा हुने सिकलसेल एनिमिया रोगको उपचारका लागि प्रयोगशाला स्थापना हुने भएको छ । दाङ, बाँके र बर्दिया हुँदै सिकलसेल एनिमिया रोगका बिरामी अन्य जिल्लामा समेत बढेपछि प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले उपचारका लागि प्रयोगशाला स्थापना गर्न अध्ययन थालेको हो । हाल भेरी अञ्चल अस्पताल बाँके र लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मात्रै सिकलसेल एनिमिया रोगको प्रयोगशाला छ । सामाजिक विकासमन्त्री सुदर्शन बरालले थारु समुदाय बढी भएकाले सम्भावित संक्रमण रोक्न सञ्चालित प्रयोगशाला व्यवस्थित गर्ने र नभएका जिल्लामा सिकलसेल प्रयोगशाला स्थापना गर्ने तयारी भएको बताए ।
मन्त्रालयले स्वास्थ्य महाशाखाका कविराज निरीक्षक गणेश भट्टराईको संयोजकत्वमा टोली खटाएको छ । टोलीले थारुको बाहुल्यता रहेका बर्दिया, दाङ, कपिलवस्तु र परासी पश्चिममा सम्भाव्यता अध्ययन गरी प्रयोगशाला स्थापना गर्न सुझाव दिएको छ । चिकित्सकहरूका अनुसार सिकलसेल एनिमिया रगतसम्बन्धी वंशाणुगत रोग हो । ‘सिकल’ भनेको हसियाको आकार र सेल’ भनेको रक्तकोषिका हो । रगतको कोषिकामा हुने जिनमा खराबी आयो भने सिकलसेल एनिमिया रोग हुन्छ । नेपालका थारू समुदायमा मात्रै देखिएको सिकलसेल भएमा सबैभन्दा पहिले रक्तअल्पता हुन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here