सिंचाइ दिवसमा ¥याली

फिचर समाज

देउखुरी, २६ चैत । सिंचाई दिवसको अवसरमा लमहीमा किसानले ¥याली निकालेका छन् । प्रगन्ना कुलो सिंचाई आयोजना र बड्कापथ कुलो सिंचाई आयोजनामा आवद्ध किसानहरुले सिंचाई दिवसको अवसरमा लमहीमा ¥याली निकालेका हुन् ।
सिंचाई पूर्वाधार, कृषि विकासको मूलआधार, सिञ्चित कृषि क्षेत्रको अभिवृद्धि संघीय नेपालको समृद्धि लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका किसानहरुको ¥यालीले बजार परिक्रमा गरेको थियो ।
भूमिगत जल सिंचाई विकास कार्यालय मैदानबाट शुरु भएको ¥यालीले बजारको विभिन्न भागको परिक्रमा गरेको थियो । सिंचाईको अभावमा अझै पनि आकाशे पानीको भरमा किसानहरु खेती गर्न बाध्य छन् ।
सिंचाई आयोजना सबै ठाउँमा पु¥याउन, पानीको स्रोत बृद्धि र सिंचाइ पूर्वाधार बनाउन माग गरेका छन् । दाङ जिल्लाको देउखुरी उपत्यकाको दक्षिणी भेगमा सिंचाई सुविधा पु¥याउने उद्देश्यले बड्कापथ कुलो सिंचाई आयोजना निर्माण कार्य सुस्त गतिमा छ ।
आयोजना निर्माणको कामलाई तिब्रता दिन बड्कापथ कुलो सिंचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष रघुनन्दन चौधरीले बताए । कार्यक्रममा सिंचाई दिवसको महङ्खवबारे प्रगन्ना तथा बड्कापथ सिंचाई व्यवस्थापन डिभिजन कार्यालय लमहीका प्रमुख प्रेम लासिवाले प्रकाश पारेका थिए ।
उक्त कार्यक्रममा प्रगन्ना तथा बड्कापथ सिंचाई आयोजना कार्यालयका प्रमुख कृष्णप्रसाद रिजाल, प्रगन्ना कुलो सिंचाई आयोजना मुल समन्वय समितिका अध्यक्ष टंकनाथ चौधरी, बड्कापथ कुलो सिंचाई आयोजना मुल समन्वय समितिका अध्यक्ष रघुनन्दन चौधरीले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण शरद घिमिरेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *