घोराही, ४ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको सिंगेडाँडा सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा भुपेन्द्र खत्री चयन भएका छन् । वन समूहको शनिबार सम्पन्न भएको प्रथम साधारणसभाले खत्रीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो ।
जसको उपाध्यक्षमा बरमन घर्ती, सचिवमा लिलाराज खनाल, सहसचिवमा जुनुदेवी श्रेष्ठ, कोषाध्यक्षमा शान्ति चौधरीलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा टोपकुमारी राना, दिलकुमारी वली, आशमानी चौधरी, सावित्रा रावत, निमबहादुर श्रेष्ठ, यशोदा बुढालाई चयन गरिएको छ ।
समूहका अध्यक्ष बसन्ता श्रेष्ठको अध्यक्षता तथा वडा सदस्य खिमा घर्ती मगरको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको थियो । सभामा कोषाध्यक्ष चिन्ता चौधरीले आय–व्यय सार्वजनिक गरेका थिए । साधारणसभाको सहजीकरण पार्वती वलीले गरेकी थिइन् ।