सार्वजनिक सुनुवाई

मुख्य खबर

घोराही, १५ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले शुक्रबार पहिलो चौमासिकमा गरेका कामहरूको बारेमा सार्वजनिक सुनुवाई गरेको छ । चालु आर्थिक बर्ष ०७५÷७६ को प्रथम सार्वजनिक सुनुवाई गर्दै वडाबासीका सुझाव, गुनासा र प्रतिक्रियाहरू सुन्दै आफूहरूले गरेका कामहरूका बारेमा वडा कार्यालयले जानकारी दिएको छ ।
वडा कार्यालयले पहिलो चौमासिकमा गर्नुपर्ने कामहरू अन्तिम चरणमा पु¥याएको र वडा सदस्य तथा कर्मचारीहरूलाई कार्य विभाजनमार्फत कामलाई अघि बढाएको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए । सबै योजनाका उपभोक्ता समिति गठन भएर लागत सहभागितामा हुने पूर्वाधार विकासका काममा सम्झौतासमेत भएको अध्यक्ष डाँगीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *