- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरसार्वजनिक शौचालयमा झिङ्गटको बार

सार्वजनिक शौचालयमा झिङ्गटको बार

- Advertisement -spot_img

देउखुरी, ३ जेठ  ।
राजपुर गाउँपालिकाका किरिमलाल चौधरी मजदुरीको सिलसिलामा बुटवल जान लमही आइपुगे । बुटवल जाने गाडीले ढिला गरेपछि उनलाई लमहीमा शौच गर्न मन लाग्यो । उनी शौचको लागि यतायता भौतारिए, धेरैपछि नजिकै एउटा सार्वजनिक शौचालय देखियो ।
चौधरी हतार–हतार गर्दै शौचालय नजिक गए, तर शौचालय नपुग्दै उनी हच्किनु प¥यो । नजिकै रहेको सार्वजनिक शौचालय बन्द थियो । त्यो पनि बासको भ¥याङ र झिङ्गटले बारेर । शौचालय जाने ढोकामा झिङ्गटले बारिएको देखेर चौधरी निरास हुँदै फर्किर नजिकैको जंगलमा गएर खुला ठाउँमा शौच गरेर फर्किए । लमहीमा रहेको सार्वजनिक शौचालय बन्द भएपछि अहिले राजमार्गमा गुड्ने गाडीका यात्रुलाई शौचालयको समस्या देखिएको छ । उनीहरुले शौचकै लागि लमहीमा सास्ती खेप्नु परेको छ । अहिले बिहानदेखि बेलुकासम्म शौचालयको सास्ती खेप्नेहरु थुप्रै भेटिने गरेका छन् ।

सार्वजनिक शौचालय अत्याधिक फोहोर भएकोले दुई महिना बन्द गर्नु परेको अजम्वरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुनाराम केसीले बताए । विगत १२ बर्ष अघिदेखि नगर विकासले सामुदायिक वनलाई जिम्मा दिएको शौचालय फोहोर भएर मर्मतका लागि बन्द गरिएको उनले बताए । ‘लमही बजारको सबैभन्दा पुरानो शौचालय हो अहिले जीर्ण हुँदै गएको छ, अब यसलाई मर्मत गरेर ब्यवस्थित गराउने उद्देश्यले दुई महिना बन्द गरेर राखेका छाँै’ केसीले भने ।


लमही नगर विकास समितिले यात्रुहरुलाई सहज गराउने उद्देश्यले लमहीका सार्वजनिक शौचालय निर्माण गरेको छ । यो शौचालयको सम्पूर्ण जिम्मेवारी नगर विकासले अजम्वरी सामुदायिक वनलाई दिएको छ । वनले एकजना शौचालय रेखदेख गर्ने, सफा गर्ने मान्छे पनि राखेको छ । तर केही दिन यता शौचालय बन्द भएको छ । मुख्य राजमार्गमा रहेको शौचालय बन्द हुँदा दैनिक रुपमा आउने जाने हजारौं यात्रु, सर्वसाधारण मर्कामा परेका छन् । पूर्व–पश्चिम कुद्ने लामो दूरीका सवारी साधनहरु प्रायः राजमार्ग मै रोकेर यात्रुहरु झार्ने र चढाउने गर्दछन् । बढीमा दश मिनेट रोकिने भएको हँुदा गाडीले छोड्छ की भन्ने डरले अर्को शौचालय जान नसकिएको बर्दियाबाट नारायणघाट जाँदै गरेकी ४८ बर्षिय भागवता जोशीले बताइन् । म यो बाटो धेरै पटक ओहोरदोहोर गरेकी छु अन्य ठाउँको भन्दा लमहीमा शौचालय सफा हुन्थ्यो तर यो पटक त बन्द नै रहेछ । शौच गर्न पनि साह्रै सास्ती खेप्नुप¥यो ।

सार्वजनिक शौचालय बन्द हुँदा बसबाट मान्छे ओर्लिएर शौचालय कता छ ? भनेर खोज्न थाल्छन् बन्द देखेपछि जङ्गलतिर सोझिन्छन । म आफैलाई लाज लाग्छ, बसधनी सागर चौधरीले भने, ‘यो त अति नै भयो छिटो सञ्चालन गर्नुपर्छ ।’ सार्वजनिक शौचालय अत्याधिक फोहोर भएकोले दुई महिना बन्द गर्नु परेको अजम्वरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुनाराम केसीले बताए । विगत १२ बर्ष अघिदेखि नगर विकासले सामुदायिक वनलाई जिम्मा दिएको शौचालय फोहोर भएर मर्मतका लागि बन्द गरिएको उनले बताए । ‘लमही बजारको सबैभन्दा पुरानो शौचालय हो अहिले जीर्ण हुँदै गएको छ, अब यसलाई मर्मत गरेर ब्यवस्थित गराउने उद्देश्यले दुई महिना बन्द गरेर राखेका छाँै’ केसीले भने ।
यात्रुहरुको समस्याका बारेमा हामीले पनि बुझेका छौँ, तर हामीसँग आर्थिक नभएर समस्या भएको हो । लमही नगरपालिकाले जनगुनासो बढी आउन थालेपछि बन्द गर्न सुझाव दिएको नगरप्रमुख कुलबहादुर केसीले बताए । पछिल्लो समयमा लमही नगरपालिकाले नगरभित्रको सरसफाई कार्यलाई तिब्रता दिएको र सार्वजनिक शौचालय फोहोर भएको गुनासो बढेकाले त्यसलाई ब्यवस्थापन गर्न निर्देशन दिएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here