सार्वजनिक यातायात आज बन्द

फिचर मुख्य खबर

दाङ, २० बैशाख ।
दाङमा रहेका विभिन्न यातायात समितिले गाडी सञ्चालनमा रोक लगाएका छन् । बिहीबारदेखि नै लामो दूरीका गाडी सञ्चालनमा रोक लगाएको यातायात व्यवसायीहरुले आफ्नो समितिबाट चल्ने सम्पूर्ण गाडीहरुलाई ग्यारेजमा थन्काएका छन् । सरकारले एकतर्फीरुपमा आफूहरुको व्यवसाय नै धरापमा पार्न खोजेको भन्दै यातायात व्यवसायीले बिहीबारदेखि नै लामो दूरीका लागि छुट्ने बस बन्द गराएका थिए ।
यातायात क्षेत्रमा भइरहेको सिन्डिकेट तोड्न भन्दै सरकारले ल्याएको निर्देशिकाको भने आम सर्वसाधारणले स्वागत गरेका छन् तर  यातायात व्यवसायीहरुले भने सरकारको यो निर्णयको चर्को विरोध गर्दै आएका छन् । दाङका यातायात व्यवसायी मात्र होइन आज सांकेतिक रुपमा देशभर सबै सार्वजनिक यातायात सेवा ठप्प पार्ने कार्यक्रम यसअघि घोषणा गरिसकेको थियो । जसअनुसार आज बिहानैदेखि समितिबाट सञ्चालन हुने सम्पूर्ण यातायातका साधन ठप्प गरिने भएको छ । सरकारले आगामी असारदेखि समितिहरू नवीकरण नगर्ने तथा समितिहरू खारेज गर्ने निर्णय गरेपछि त्यसको विरोधमा उत्रिएका समितिहरूले समिति मातहतमा सञ्चालन हुने यातायात सेवा रोकेको राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष भरतनाथ योगीले बताए । उनले भने ‘सरकारले कुनै पनि हालतमा यो निर्णय सच्याउने छ, हामीहरुलाई आन्दोलन गर्नुको कुनै रहर छैन’ यदि आजको बन्दले सरकारले नसुने आफूहरुले २७ गतेदेखि पुर्णरुपमा देशभरी यातायातका साधन ठप्प पार्नेछौं ।’

आजको बन्दमा अत्यावश्यकका सवारी साधनबाहेक कुनैपनि सवारी साधन सडकमा सञ्चालनमा आउन नदिने उनले बताए । यदि राज्य जबरजस्त रुपमा अघि बढे आफूहरुले सडक नछोड्ने  चेतावनी समेत दिए । ढुवानी व्यवसायीहरुले समेत आफ्ना साना तथा ठूला गाडीहरु बन्द गरेको राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिले जनाएको छ ।

यातायात क्षेत्रमा भइरहेको सिन्डिकेट तोड्न भन्दै सरकारले ल्याएको निर्देशिकाको भने आम सर्वसाधारणले स्वागत गरेका छन् तर यातायात व्यवसायीहरुले भने सरकारको यो निर्णयको चर्को विरोध गर्दै आएका छन् । दाङका यातायात व्यवसायी मात्र होइन आज सांकेतिक रुपमा देशभर सबै सार्वजनिक यातायात सेवा ठप्प पार्ने कार्यक्रम यसअघि घोषणा गरिसकेको थियो ।

जिल्लामा अम्विकेश्वरी सार्वजनिक यातायात व्यवसायी समिति, राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति, तुलसीपुर जीप तथा मिनी माइक्रोबस, बस व्यवसायी समितिले पनि आफ्ना कुनैपनि सवारीका साधन सञ्चालनमा नआउने बताएका  छन् ।
‘शुक्रबार एकदिनका लागि समितिबाट सञ्चालन हुने सबै गाडीहरु ग्यारेजमा थन्किएका छन् तत्काल आफ्ना कुरा नसुने त्यही अनुसार आफूहरु अगाडि बढ्छौँ तुलसीपुर जीप तथा मिनी माइक्रोबस, बस व्यवसायी समितिकाका कार्यालय सचिव जितबहादुर खड्काले बताए ।
हाल दाङमा साना–ठूला ढुवानीका साधन र यात्रुबहाक साधन गरी दुई हजार बढी यातायातका साधनहरुहरु रहेका छन् । ढुवानी व्यवसायीहरुले समेत आफ्ना साना तथा ठूला गाडीहरु बन्द गरेका छन् । राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिले जनाएको छ । जिल्लामा अम्विकेश्वरी, राप्ती सार्वजनिक यातायात व्यवसायी समिति तथा तुलसीपुर जीप तथा मिनी माइक्रोबस, बस व्यवसायी समितिले पनि आफ्ना कुनैपनि सवारीका साधन सञ्चालनमा नआउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *