- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसम्पादकीयसार्वजनिक थलोको खाँचो

सार्वजनिक थलोको खाँचो

- Advertisement -spot_img

सावजनिक स्थान अहिलेको आवश्यकता बनेको छ । सार्वजनिक स्थलहरू र राज्यको नाममा भएको क्षेत्रहरू अतिक्रमण भई मेटिन थालेपछि सार्वजनिक स्थलको महत्व अहिले बढ्दै गएको हो । कुनै पनि क्षेत्रको महत्व र आकर्षण सार्वजनिक स्थलले देखाउँछ ।
सार्वजनिक स्थल नभएका धेरै क्षेत्रहरू रहेका छन् । भएको पनि अस्तित्व मेटिदै गएको छ । जसले गर्दा सार्वजनिक स्थानहरूको महत्व झन बढाइरहेको हुन्छ । दाङमा पनि सार्वजनिक स्थलहरूको अभाव छ । भर्खरै मात्रै सम्पन्न भएको उपनिर्वाचनको समयमा राजनीतिक दलहरूलाई समेत सार्वजनिक क्षेत्रको ठूलो खाँचो प¥यो त्यसले पनि सार्वजनिक क्षेत्रको महत्व र आवश्यकता बढी महसुससमेत गराएको छ ।
सार्वजनिक स्थलका लागि राज्यले सरकारी जग्गा र संरचनाको संरक्षण र विकास गर्न सकेको छैन । जसका कारण सार्वजनिक स्थलको सधै खाँचो देखिइनै रहन्छ । पछिल्लो समय दाङमा सार्वजनिक स्थल नभएको र यसको आवश्यकताको महसुस भएको सार्वजनिक भएको छ ।
दाङमा सार्वजनिक स्थलहरूको अभाव छ । सार्वजनिक स्थलहरू नहुँदा सबैले सास्ती भोग्नुपर्ने अवस्था छ । सार्वजनिक स्थल नहँुदा खुला ठाउँको अभाव अहिले भोगिरहेका छन् । सार्वजनिक स्थलको अभाव जिल्लामा प्रमुख मुद्दा भन्दै गइरहेको छ । सार्वजनिक स्थलहरू अतिक्रमण हुनु मासिनु र संरक्षणमा चासो नहुँदा अहिलेको समस्या मात्रै नभएर भविष्यमा झनै जटिल अवस्था आउनसक्छ ।
जिल्लामा रहेका १० स्थानीयतहमा कम्तिमा एकवटा सार्वजनिक स्थान बनाउनसकेमा यसले स्थानीयतहको सुन्दरता बढाउने छ, भने सार्वजनिक स्थलको अभाव टार्ने छ । जिल्लामा उपयुक्त स्थानमा राम्रो र प्रभावकारी सार्वजनिक स्थलको समेत खाँचो छ ।
सामान्य भेला जमघट गर्ने सार्वजनिकस्थल समेत अहिले पाउन समस्या छ । यसलाई राज्यले गम्भीर भएर सोचेर यसमा ध्यान दिन सक्नुपर्छ । सार्वजनिक स्थलको अभावका कारण जिल्लाको पार्किङलाई समेत व्यवस्थापन गर्न नसकिएको प्रष्ट रूपमा देखिन्छ ।
जिल्ला ठूला सहर विशेषगरी घोराही र तुलसीपुर क्षेत्रमा यसको आवश्यकताको बढी देखिन्छ । ठूला सहरहरूमा सार्वजनिकस्थल प्रष्ट नहुँदा त्यसले अझ असहज बनाइरहेको छ । यहाँका जनप्रतिनिधिहरूले समेत सार्वजनिक स्थलको महत्व र आवश्यकता नबुझेको हो की भन्ने देखिएको छ ।
नत्र सार्वजनिक स्थलको खोजी गरि ब्यवस्थापन गर्नसक्ने अधिकार हाम्रा जनप्रतिनिधिहरूले छ । यो जनप्रतिनिधिहरूले गरेको देखिदैन । यसर्थ जिल्लामा सार्वजनिक स्थलको आवश्यकता छ । यसलाई व्यवस्थापनमा चासो दिनु भएकोलाई बचाउन ध्यान दिनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here