साम्यवाद पशु चौपायामा आयो

विचार

गाई पाल्नेले म गाईग्वालो होइन भन्छ । भैसी पाल्नेले म भैसीग्वालो होइन भन्छ । राँगा पाल्नेले म राँगाग्वालो होइन भन्छ । घोडा पाल्नेले म घोडीग्वालो होइन भन्छ । बाख्रा पाल्नेले म बाख्रोग्वाला होइन भन्छ । भेडा पाल्नेले म भेडीग्वालो होइन भन्छ ।
बाटोमा, खेतमा, बारीमा, आँगनमा, पीडीमा यत्रतत्र र सर्वत्र पशु चौपायाको बिगबिगी छ । कसैलाई सोध्ने हो भने मेरो होइन भन्छ । पशु बाँध्ने दाम्लो कहाँ हराए ? पशु खेद्ने लौरो कहाँ गुमाए ? पशु चर्ने चरण कहाँ डुबाए ? पशु हेर्ने ग्वालो कहाँ अस्ताए ।
पशु अडाउने किलो कहाँ डुबाए ? केही पनि छैन र कोही पनि छैन ? पशुका लागि यो पनि मेरो, त्यो पनि मेरो । जहाँ भए पनि भएको छ । जे खाए पनि भएको छ । कुनै रोकटोक र छेकथुन छैन । कस्तो स्वतन्त्रता हो ? कस्तो छाडातन्त्र हो ?
कस्तो साम्यवाद हो ? कस्तो पशु अधिकार हो ? कस्तो करामत हो ? कस्तो पशुतन्त्र हो ? यदि कसैले बाँध्दछ भने दुहुनको लागि बाँध्दछ । यदि कसैले बाँध्दछ भने जोत्नका लागि बाँध्दछ । अन्यथा जोती पनि सक्यो,
दोही पनि सक्यो भने घरबाट बाहिर धपाइदिन्छ । आफ्नो घरमा राख्नै नचाहने, तर पशुको मलमूत्र र दूध, दही चाहिनै रहने । कस्तो मालिक ? यस्ता साँच्चिकै पशुका मालिक हुन् कि शालिक ?
पशु पालेपछि पछि त्यसलाई आफ्नो नियन्त्रणमा राख्न सक्ने कि नसक्ने ? आफ्नो नियन्त्रण र काबुमा राख्न नसक्नेले पशुको मालिक बन्न किन रहर गर्ने ? प्रजातन्त्र–प्रजातन्त्र भनेर खुबै उफ्रन्थे । किन र के पो रहेछ ?
हिउँदभरी सारा पशु चौपाया छाडा गराउनको लागि पो रहेछ । हिउँदभरी सारा पशु चौपाया गहुँ खेत र तरकारी बारीमा चरेर मानिसलाई दिनसम्मको सास्ती दिए । कसैले गहुँको गेडा पनि भित्र्याउन पाएनन् ।
यस्तो किसिमको ज्यादती स्थानीय सरकारले थाहा पाएको छ कि छैन होला ? गाउँ–गाउँमा भएको सिंहदरबारले दरबारको शिखरबाट गाईभैसी र भेडाबाख्रा बालीनालीमा चरिरहेको दुश्य कैद गर्ने क्षमता कहाँ गएको होला ?
समाजवाद भनेको घर–घरमा पशु चराउने र दौडाउने प्रणाली हो । स्थानीय सरकार कहाँ सुतेको छ ? गाउँ–गाउँ र टोल–टोलमा काञ्जीहाउस बनाएर पशुको मालिक पहिचान गराएर राम्रो तरिका र उचित तरिकाले पशु चौपायाको पालनपोषण गर्ने गराउने प्रशिक्षण किन दिन्न,
स्थानीय सरकार ? कृषिमा क्रान्ति ल्याउँछु भन्ने सरकारले खेतीबालाीमा छाडा पशु चराएर कृषि क्रान्ति आउँछ ? एउटा किलो ठोकेर, दाम्लोमा बाँधेर र घाँस, पराल हालेर नियन्त्रण गर्न नसक्ने हाम्रो समाजले अरु गर्न सक्छ ?
कुरा मात्र ठूला गरेर हुन्छ । काम माखो पनि नमार्ने कुराचाहिँ हात्ती पाल्ने गर्ने ? छाडा पशु एकाएक कसरी भित्रिए ? खै यसको खोज तथा अनुसन्धान ?
बजारभित्र जतातनै पशु चौपाया छन् । छाडा पशुकै कारण भोलि सडक दुर्घटना निम्तिन सक्छ । ठूलो जनधनको क्षति हुनसक्छ । त्यसको जिम्मेवारी लिने कसले ? यसको बारेमा कतै पनि छलफल र बहर चलेकै छैन । गाउँ–शहर सफैसफा भन्नेले गाईको र भैंसीको ठक्कर खादासमेत थाहा नपाएको बहाना गर्छन् ।
यहाँ न त पशुका मालिक संवेदनशील छन् न त सरकारका मालिक संवेदनशील छन् । कोही पनि पशुमा ाएको पशुतन्त्र, पशु साम्यवादको कुरै गर्न चाहन्नन् । कुरा गरुन् पनि किन ?
यहाँ जो पशुको मालिक हो, उसलाई पशु पालन घाँस पनि चाहिएन, किलो पनि चाहिएन, दाम्लो पनि चाहिएन, गोठ पनि चाहिएन र लठ्ठी पनि चाहिएन । गाईभैंसीको रसि सित्तैमा खान पाएपछि मालिक किन बोल्ने ?
बोल्ने स्थानीय सिंहदरबार हो । ऊ पनि बोलेर के गर्ने ? वडा कार्यालयमा हुल्न भएन ? नगरपालिकामा लगेर हुल्न भएन । उपमहानगरपालिकामा लगेर हुल्न भएन । बाहिर हुल्ने कुनै व्यवस्था नै छैन ।
यस्तो निरिह अवस्था र व्यवस्थाले समाज र देश चल्छ ? सामान्य पशु चौपाया तह लगाउन नसक्ने यन्त्र र संयन्त्रले अरु के तह लगाउँछ ? हामीले सुनकाण्ड तह लगाऊ भन्छौं ।
हामीले सार्वजनिक जग्गा मासिएको भू–माफिया तह लगाऊ भन्छौं । कति ठूला–ठूला कुरा तह लगाउन आदेश दिन्छौं । तर यहाँ भने गाई, भैसी र भेडाबाख्रासमेत तह लागेका छैनन् भने मान्छे तह लाग्छन् ? चार खुट्टा टेकेर हिड्ने, घाँस, पराल खाने, किलो दाम्लोमा बाँधिने प्राणी त तह लागेको अवस्था छैन भने । महलमा बस्ने, रकेटभित्र पस्ने, खरानी घस्ने,
आकाशमा उड्ने, जमिनमा गुड्ने, दरबारमा सुत्ने, झुपडीइमा उठ्ने, धर्तीमा पस्ने, समुद्रमा खस्ने यस्ता नौटंकी जानेका र दैवले छानेका मानव तह लाग्छन र लगाउँछन् ? केवल गीत गाउने मात्र हो ।
ताल उही नै हो । जति गीतको भाका फेरिए पनि नाच्ने ताल कहिल्यैं फेरिन्न र दोहोरिन्न । आजको समाज देखदा र बुझ्दा बडो अचम्म लाग्छ । कस्तो सोंच ? कस्तो विचार ?
कस्तो भावना ? कस्तो चाहना ? आफ्नो स्वार्थ पूर्ति गर्नाको लागि अरुको चित्त हनन् गर्नुपर्ने । अर्काको दिल नदुखाएर आफ्नो स्वार्थ पूर्ति गर्न नसक्ने । यो व्यवस्था नै यस्तै हो कि यो समय अनुसारको विकृति हो ?
यहाँ पशु चौपाया त उदाहरणको प्रसंग मात्रै हो । यो सँग जोडिएका र यो सँग गाँसिएका छाडापन कति छन् ? त्यो सरकारले पनि देखेको छैन । स्थानीय सरकारले पनि देखेको छैन ।
समाजले पनि देखेको छैन र व्यक्तिले पनि देखेको छैन । पशु चौपायालाई नियन्त्रण गर्न यति सरल छ कि त्यो चाहेमा एकहप्ता भित्र पूरा हुन्छ । स्थानीय सरकाले टोल–टोलका प्रमुख नाकामा ठूला–ठूला काञ्जीहाउसको निर्माण गर्ने र पशुको मालिक सोधखोज गर्ने ।
सम्पर्क आए उचित दण्डजरिवाना तिराएर र भराएर जिम्मा लगाउने र मालिक पत्ता नलागेमा गिद्ध संरक्षण केन्द्रमा सम्पर्क गरेर त्यही पठाउने व्यवस्था गर्ने । यो गर्न सकियो भने एक हप्ताभित्रमा हामी पशुचौपाया देख्न पाउँदैनौँ र पाए पनि ग्वालासहितको पाउँछौ ।
यहाँ त कहाँसम्मको बाठोपन र चलाखीपन छ भने गाईको गोरस मन पराउने तर गाईग्वालो भन्न मन नपराउने । भैसीको मलमूत्र र दूध दही मन पराउने तर भैसीग्वालो भन्न लाज मान्ने । बाख्रा र बोकाको मासु र हड्डी र चुस्न मन पराउने तर बाख्रोग्वालो भन्न लाज मान्ने ?

यहाँ हरेक किसिम र तहका छाडापन छन् । तिनको नियन्त्रण र नियमन गर्ने कडा संचरना र संयन्त्र छ कि छैन ? यदि छ र यो सबै नियन्त्रण हुन्छ भने नेपालमा कम्युनिष्ट फाप्छ अन्यथा यसले पनि घाम ताप्छ । कम्युनिष्ट भनेर हुने होइन बनेर हुने हो । कम्युनिष्ट बन्नको लागि विचार नै सामाजिक सेवकको भावना हुनुपर्दछ । विचार नै पुँजीपति, दलाल र नोकरवादको छ भने त्यो कसरी कम्युनिष्ट हुनसक्छ ?

यसैलाई भनिन्छ कम्युनिष्ट व्यवस्था ? यस्तै हो कम्युनिष्ट विचारधारा ? साँच्चिको कम्युनिष्ट त जनताको भरिया हो । एउटा सामान्य ग्वालो हुँ भन्न लाज मान्नेले किन कम्युनिष्ट व्यवस्था स्वीकार्ने ? कम्युनिष्टमा जे बन्न पनि सक्नुपर्दछ र सहनुपर्छ । सक्कली कम्युनिष्ट कि नक्कली ? थाहा हुँदैछ ।
नेपालमा पाँच वर्ष कम्युनिष्टको सरकार चल्यो भने र टेक्यो भने असली कम्युनिष्टको अनुहार उदांगो हुनेछ । यसमा शंकै नगरे पनि हुन्छ । मानिस कम्युनिष्ट होइन कि आचारण कम्युनिष्ट हुनुप¥यो । मानिस जे सुकै होस् ।
यदि उसको सोंच विचार र भावनामा साँच्चिकै समाजप्रति उत्तरदायी छ भने ऊ सच्चा कम्युनिष्ट हो । समाजप्रति उत्तरदायी हुनको लागि आफू जे पनि बन्न सक्नु र सिक्नुपर्दछ । आफूलाई भरिया पनि स्वीकार्न सक्नु प¥यो । आफूलाई नोकर पनि स्वीर्कानु प¥यो ।
आफूलाई मालिक पनि स्वीकार्नु सक्नुप¥यो ? आफूलाई दास पनि स्वीकार्न सक्नु प¥यो । आफूलाई सेवक पनि स्वीकार्न सक्नु प¥यो । आफूलाई सेवक पनि स्वीकार्न सक्नु प¥यो । आफूलाई सहयोगी पनि स्वीकार्न सक्नु प¥यो ।
समाजले जुन कुराको भूमिका खोज्छ, त्यो भूमिका निर्वाह र पूरा गर्न सक्नु प¥यो । तब मात्र बन्न सकिन्छ, कम्युनिष्ट । खाली शब्दजालको प्रयोगले मात्र देशमा परिवर्तन हुने भए यतिका वर्ष असफल वर्ष किन बन्थे ?
हामीले आफूले पालेको पशु नियन्त्रण गर्नाका लागि ग्वालो बन्न र भन्न त किसरहेका छैनौं भने झ अरुका निम्ति भरिया बन्न र भन्न कसरी सक्छौं ? कम्युनिष्टमा नियन्त्रणको नियम लागू हुन्छ कि हुँदैन ? कम्युनिष्टमा छाडापनको नियन्त्रण हुन्छ कि हुँदैन ?
यहाँ हरेक किसिम र तहका छाडापन छन् । तिनको नियन्त्रण र नियमन गर्ने कडा संचरना र संयन्त्र छ कि छैन ? यदि छ र यो सबै नियन्त्रण हुन्छ भने नेपालमा कम्युनिष्ट फाप्छ अन्यथा यसले पनि घाम ताप्छ ।
कम्युनिष्ट भनेर हुने होइन बनेर हुने हो । कम्युनिष्ट बन्नको लागि विचार नै सामाजिक सेवकको भावना हुनुपर्दछ । विचार नै पुँजीपति, दलाल र नोकरवादको छ भने त्यो कसरी कम्युनिष्ट हुनसक्छ ?
आजको पछिल्लो युग लोकतन्त्रको युग हो । आजको पछिल्लो युग गणतन्त्रको हो । आजको पछिल्लो युग समाजवादको युग हो । आजको पछिल्लो युग समृद्धिको योग हो र आजको पछिल्लो युग विकास, शान्ति र सुखको युग हो ।
यी सबैका लागि लगभग साम्यवाद जस्तै–जस्तै हो । साम्यवादको दिशातर्फ जान नसक्ने हो भने नेपालमा कम्युनिष्टको पनि काम छैन । साम्यवादको नाममा व्यक्ति, परिवार,
समाज र राष्ट्रलाई नै छाडा हुनबाट नरोक्ने र नछेकने हो भने त्यसको प्राप्ति पनि सम्भव छैन । कम्युनिष्ट व्यवस्थामा समाजवाद र साम्यवादको कुरा गरेर पशु चौपाया छाडा गर्ने हो भने पशु साम्यवाद भने र घोषणा गरौं । होइन,
जनताको बहुदलिय जनवाद र जनताको समाजवाद र साम्यवाद हो भने सबै कुरा र तहको छाडापनलाई सबै मिलेर रोकथाम गरौं । यहाँ र खेलोमेलो बिग्रिसक्यो । मान्छे जति बजार चाहर्ने र पशु जति घरबारी चाहर्ने भैसक्यो ।
मान्छे घरमा नभेटिने पशु किलो र दाम्लोमा नभेटिने भएपनि समाज कता जान्छ ? पशु चौपायाले बाली नास । मान्छेले गाली नास । यही हो, समाजवाद ? बाली र बालकमा ईश्वरीयपन हुन्छ । बाली पनि अबोध हुन्छ र बालक पनि अबोध हुन्छ ।
यस्ताको संरक्षण गर्न नसक्नु ठूलो अधर्म र पाप हो । जसरी ईश्वरीय स्थानको नष्ट र भ्रष्ट गर्नेलाई अपजस आइलाग्छ । कसैको गाली, सराप, अपजस र अधर्मबाट बच्नको लागि पनि यो छाडा संस्कृतिको अन्त्य गरौं ।
सम्पूर्ण स्थानीय सरकारसँग सरोकार राख्ने व्यक्तिको ध्यान जावस् । सम्पूर्ण पशु चौपायालाई देख्नेको ध्यान जावस् कि, नेपाली समाजमा यतिबेला पशु आतंक फैलिएको छ र कम्युनिष्ट सरकार भएको बेला जनताको साम्यवाद आउनुपर्नेमा पशु चौपायाको साम्यवाद आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *