- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरसामुदायिक २०, संस्थागत ७७ प्रतिशत नतिजा

सामुदायिक २०, संस्थागत ७७ प्रतिशत नतिजा

- Advertisement -spot_img

घोराहीमा शिक्षाको अवस्था
घोराही, २७ चैत । आधारभूत तह कक्षा ८ मा सामुदायिकतर्फ २० प्रतिशत मात्रै विद्यार्थीहरु उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरु २०.१९ प्रतिशत मात्रै कक्षा ८ मा उत्तीर्ण भएका हुन् । घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको यस बर्षको आधारभूत तह कक्षा ८ को परीक्षाको नतिजा सार्वजनिक गर्दै यस्तो अवस्था रहेको जानकारी दिएको छ ।
संस्थागततर्फ ७७.७८ प्रतिशत पास भएको नतिजा सार्वजनिक गरेको छ । सरकारले शिक्षा क्षेत्रमा करोडौ लगानी गरे पनि अपेक्षा अनुसारको उपलब्धि सामुदायिक विद्यालयले दिन नसकेको दोहारिएको छ ।
८० प्रतिशत विद्यार्थीले ३० प्रतिशत अंकसमेत कटाउन सकेका छैनन् । सामुदायिक र संस्थागत विद्यालयमा एउटै पाठ्यक्रम सामाग्री पढाइ हुँदा र एउटै परीक्षामा एउटै प्रश्न उत्तर र एउटा हलमा परीक्षा गराईदिदा पनि आकाश पातालको नतिजा फरक आएको छ । शिक्षा क्षेत्रमा स्थानीय सरकारले कडा निगरानी र शैक्षिक उपलब्धिलाई विशेष योजना बनाए पनि यो वर्ष झन नतिजा खस्किएको देखिएको छ ।
घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको यस वर्षको कक्षा ८ को परीक्षामा कुल ४ हजार ६८ जना परीक्षार्थीहरु सहभागी भएका थिए । त्यसमध्ये संस्थागततर्फ छात्र ९ सय १५, छात्रा ९ सय २५ गरी १ हजार ८ सय ४० जना सहभागी भएका थिए ।
सामुदायिक विद्यालयका छात्रतर्फ १ हजार १ सय १८ जना सहभागी भएका थिए । छात्रातर्फ १ हजार १ सय १० गरी २ हजार दुई सय २८ जना सहभागी भएका थिए । कक्षा ८ को परीक्षामा संस्थागततर्फ १ हजार ४ सय २२ जना छात्रछात्राहरु मात्रै कक्षा ९ मा पढन् योग्य भएको परीक्षा समितिले जनाएको छ । त्यसमध्ये संस्थागततर्फको ६ सय ६५ जना छात्र र ७ सय ५७ जना छात्राहरु कक्षा ९ मा पढ्नयोग्य भएका छन् ।
सामुदायिक विद्यालयका २ सय १० जना छात्र र २ सय ४० छात्रा गरी ४ सय ५० जना कक्षा ९ मा पढ्नयोग्य भएका महाशाखाका स्रोतव्यक्ति विप्लव अधिकारीले जानकारी दिएका थिए । कक्षा ८ को परीक्षा सञ्चालनका लागि नगरले यस बर्ष आफूले पढ्दै आएको विद्यालयबाट परीक्षा दिन नपाउने र अर्को विद्यालयको केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको थियो ।
घोराही उपमहानगरपालिकाका ४४ संस्थागत र ३९ सरकारी विद्यालय गरी ८३ विद्यालयले कक्षा ८ को परीक्षामा सहभागी भएका थिए । घोराही उपमहानगरपालिका मा ३१ वटा परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए ।
ग्रेडका आधारमा नतिजा निकालिएको र ३ विषयसम्म ग्रेड बृद्धिका लागि मौका परीक्षा सञ्चालन गरिने पनि शिक्षा महाशाखाले जनाएको छ । शिक्षा समितिका संयोजक भरत अर्यालको अध्यक्षतामा भएको नतिजा सार्वजनिक कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले यो नतिजालाई मूल्यांकन गरे शैक्षिक सुधार गर्नुपर्ने सुझाव दिएका थिए ।
‘परीक्षामा कमजोर नतिजा आयो भनेर निरास हुनुहुँदैन्’ उनले भने ‘शिक्षाको कमजोरी पत्ता लागेको छ यसलाई सुधार गरेर अगाडि बढ्नु पर्छ ।’ परीक्षामा विद्यार्थी फेल हुनु शिक्षक पनि फेल भएकै सहर मानिने भन्दै शैक्षिक सुधारका लागि प्रधानाध्यापकहरुलाई जिम्मेवार बन्न निर्देशन दिए ।
नतिजाले वास्तविक शैक्षिक अवस्थाको चित्रण गरेको भन्दै उनले अब सुधारका योजना बनाएर गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजा ल्याउनतर्फ ध्यान दिन नगर लाग्ने बताए । उपप्रमुख सीता सिग्देल न्यौपानेले नतिजा चित्तबुझ्दो नभएको भन्दै अब कमजोरी पहिचान गरेर शैक्षिक गुणस्तर बृद्धि गर्न सबै लाग्नु पर्ने बताईन् ।
कार्यक्रममा परीक्षा समितिका सदस्य विकास गौतम, कृष्णप्रसाद अधिकारी, शिक्षक रुद्र बुढामगर, केशव थापा, शिक्षा महाशाखाका अधिकृत नारायण पौडेल, नायव सुब्वा विपना बर्तौलालगायतले नतिजालाई अब सुधारसँग जोड्नु पर्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here