सामुदायिक सिकाई केन्द्रको साधारणसभा

मुख्य खबर

मानपुर (दाङ), ११ चैत । मानपुर सामुदायिक सिकाई केन्द्रको पाचौँ साधारणसभा दाङको मानपुरमा शनिबार सम्पन्न भएको छ । समितिका अध्यक्ष अमरबहादुर खड्काको अध्यक्ष्यता एवं तुलसीपुर उपमहानगरपालिकाको नगर शिक्षा समितिका संयोजक तथा कार्यपालिका सदस्य देवराज विश्वकर्माको प्रमुख अतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षाको लागि गाउँ–गाउँमा गरेको योगदानको चर्चासमेत गरेका थिए । कार्यक्रममा मावि मानपुरका प्रधानाध्यापक गिरिराज लम्साल, संस्थापक अध्यक्ष्य ढकबहादुर बस्नेत पूर्व विद्यालय निरीक्षक दिनेश पन्थी, पूर्व शिक्षक नदन अधिकारी, समाजसेवी खड्गबहादुर भण्डारी, जगदिश देवकोटा, भोजराज ओली, शशीधर पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त साधारणसभामा अध्यक्ष अमर खड्काले प्रगति प्रतिवेदन र परिचालन ज्ञानी बस्नेतले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा संस्थालाई सहयोग गरेवाफत पाँचजनालाई सम्मान गरिएको थियो । रुपा विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण यज्ञबहादुर बस्नेतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *