- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसम्पादकीयसामुदायिक शिक्षा सुधार

सामुदायिक शिक्षा सुधार

- Advertisement -spot_img

जिल्लामा स्थानीय तहले सञ्चालन गरेको कक्षा ८ को परीक्षा फल सार्वजनिक भइरहेको छ । कति स्थानीय तहहरुले नतिजा सार्वजनिक गरिसकेका छन् । भने कतिले गर्ने तयारीमा छन् ।
कक्षा ८ को सार्वजनिक भएको नतिजालाई हेर्दा सामुदायिक शिक्षाको गुणस्तर र अवस्था नाजुक देखिएको छ । घोराही उपमहानगरले सार्वजनिक गरेको नतिजामा २० प्रतिशत मात्रै सामुदायिक विद्यालयबाट विद्यार्थीहरु उत्तीर्ण भएका छन् ।
८० प्रतिसत सामुदायिक विद्यालयका विद्यार्थीहरु “इ” ग्रेडसम्मको अंक पनि ल्याउन नसक्दा कक्षा नौ मा भर्ना हुन नसक्ने अवस्था देखाइएको छ । सामुदायिक शिक्षा सुधारका लागि राज्यले विभिन्न समयमा विभिन्न प्रकारका कार्यक्रमहरुसमेत सञ्चालन गर्दै आएको छ । तर पनि बर्षेनी सामुदायिक विद्यालयको शिक्षा सुधारभन्दा खस्कदो अवस्थामा देखिने गर्नु राज्यको तर्फबाट शिक्षामा लगानी हुनु तर त्यो लगानीको सदुपयोग नभएको देखिन्छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सिकाइ उपलब्धि कमजोर देखिएको छ । ८ कक्षाकै नतिजालाई हेर्दा पनि विद्यार्थीहरुले लिखितमा एक नम्बरसमेत ल्याउन नसक्नुले गुणस्तर र सिकाइ कमजोर मात्र हैन काम नै नलाग्ने गरी शिक्षा अघि बढेको देखिन्छ । जिल्लाको समग्र शैक्षिक उपलब्धि ४८ प्रतिशत भएको दाबी हुने गरे पनि अहिलेको अवस्थाले सामुदायिक विद्यालय २० प्रतिसतमा देखिएको छ ।
संस्थागत विद्यालयलाई पनि जोड्न ४०–४५ को हाराहारीमा मात्रै छ । तुलसीपुर उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयको अवस्था पनि नाजुक देखिन्छ । कक्षा ८ को नतिजा सार्वजनिक नगरिएको भए पनि १० प्रतिशत मात्रै उत्तीर्ण भएको सुनिन्छ । यसले पनि सामुदायिक विद्यालयहरुका बालबालिकामा गुणस्तर कम हुँदै गएको र शिक्षकको जिम्मेवारी पनि नदेखिएको प्रष्ट पार्छ ।
शिक्षामा देखिएको यो अवस्थाले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षक, शिक्षासँग जोडिएका कर्मचारीहरुको शिक्षा सुधारका लागि प्रयास नहुनुले ध्यान नदिनुले यस्ता समस्याहरु बर्षेनी आइरहने गरेको आरोप लाग्नु पनि स्वभाविक हो । केही कारण विद्यालयमा हुने राजनीतिक हस्तक्षेप पनि छन् ।
शिक्षाको सम्पूर्ण जिम्मा स्थानीय तहलाई आए पनि स्थानीय तहले बितेको दुई वर्षको अवधिमा देखिने गरी शिक्षामा सुधार ल्याउन सकेका छैनन् । पहिलेको संरचनामा जस्तो शिक्षा प्रणाली सामुदायिक विद्यालयमा थियो अहिले पनि त्यहि अवस्थाको देखिएको छ ।
स्थानीय तहका स्थायी सरकार र जनप्रतिनिधिहरु आए पनि उनीहरुले कागजी रुपमा शिक्षा सुधार गर्ने तर ब्यवहारिक रुपमा शिक्षा सुधार नगर्ने गरेको प्रष्ट नै छ । सामुदायिक विद्यालय पढाउने शिक्षकहरुमा राजनीति हावी हुँदा न विद्यालयको सुधार हुनसक्छ न त सिकाइ र गुणस्तरमा वृद्धि हुन सक्छ । तसर्थ शिक्षामा राजनीति मुक्त गराएर जान सकेमात्रै शिक्षा सुधारको लागि केही आधार खडा हुने देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here