- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरसामुदायिक विद्यालयको अनुगमन

सामुदायिक विद्यालयको अनुगमन

- Advertisement -spot_img

दंगीशरण १६ । राष्ट्रिय प्रारम्भिक कक्षा अनुगमन टोली र दंगीशरण गाउँपालिकाको शिक्षा शाखाले सोमबार दंगीशरण गाउँपालिका वडा नम्बर १ र २ मा रहेको प्राथमिक विद्यालयको अनुगमन गरेको छ । अनुगमन टोलीले श्री प्राथमिक विद्यालय मलईखोला गोल्टाकुरी–१ ठाटीमा गएर अनुगमन गरेको हो । गाउँपालिकाको दुर्गम ठाउँमा रहेको विद्यालयमा पुग्दा जम्मा ४८ जना विद्यार्थीहरु भर्ना भएकोमा २३ जना मात्र अध्ययनका लागि पढ्न आउने गरेको पाइएको थियो ।
दंगीशरणको दुर्गम ठाउँको रुपमा रहेको मलईखोला भन्ने स्थानमा जम्मा करिब ७० वटा घरधुरी संख्या रहेकाले त्यहाँको विद्यालयमा विद्यार्थीको संख्यामा कमि भएको पाईएको हो । त्यसैगरी टोलीले कक्षाकोठाको अवलोकन, शिक्षण सिकाइ सामाग्री तथा पूरक पढाइ सामग्रीको प्रयोग, विद्यालयको क्रियाकलापमा अभिभावकहरुको सहभागिताको अवस्था, विद्यालय ब्यवस्थापन, शिक्षक अभिभावक समितिको बैठकको नियमितताको अवस्था, बालबालिकाको नियमितताको अवस्था, राष्ट्रिय प्रवद्र्धन गर्न विद्यालय तथा समुदायमा गरिएका अतिरिक्त क्रियाकलापहरुको अवस्था मध्यम नै पाइएको थियो । त्यसैगरी विद्यालयको सवल पक्षहरुमा कक्षाकोठामा शिक्षण सिकाइ सामग्रीको प्रयोग भएको, अभिभावकहरुको सक्रिय सहभागिता, विद्यालय व्यवस्थापन समितिको नियमित बैठक नियमित रुपमा भएको पाइएको थियो । यसैगरी विद्यालयमा विद्यार्थीहरु घट्नुका कारणमा बसाईसराई, बर्षातको समयमा खोला तर्न नसक्नु मुख्य कारण रहेको पाइएको छ ।
छलफलका क्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी र उपाध्यक्ष पिमा कुमारी खड्काले विद्यालयको भौतिक पूर्वाधारलाई अगाडि बढाउन गाउँपालिकाले सहयोग गर्ने बताउँदै शिक्षकहरुको कमजोरीले पनि सामुदायीक विद्यालयहरु धरापमा पर्दै गएको बताएका थिए । साथै उनीहरुले मलईका सम्पूर्ण घरधुरीबाट बालबालिकाहरुलाई विद्यालयमा आउने वातावरण मिलाउन विद्यालयले शैक्षिक सत्र अगाडिदेखि नै चेतनामूलक सन्देश, बहस गर्नुपर्ने लगायतका अहम् भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए । विद्यालयले विद्यार्थीहरुलाई खाजा, किताब, कापी, कलम र ड्रेसको ब्यवस्थापन गरिदिन माग गरेको थियो ।
यसैगरी अनुगमन टोलीले वडा नम्बर २ मा रहेको श्री प्राथमिक विद्यालय कौवाघारीको पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा कक्षा कोठाको अवलोकन, शिक्षण सिकाइ सामाग्री तथा पुरक पढाइ सामाग्रीको प्रयोग, विद्यालयको क्रियाकलापमा अभिभावकहरुको सहभागिताको अवस्था, विद्यालय ब्यवस्थापन, शिक्षक अभिभावक समितिको बैठकको नियमितताको अवस्था, बालबालिकाको नियमितताको अवस्था, राष्ट्रिय प्रवद्र्धन गर्न विद्यालय तथा समुदायमा गरिएका अतिरिक्त क्रियाकलापहरुको अवस्था राम्रो रहेको पाइएको थियो ।
विद्यालयको सवल पक्षहरुमा विद्यार्थीहरुको उपस्थिति उत्साहजनक, शिक्षकहरुको उपस्थिति राम्रो, शैक्षिक सामाग्रीको प्रयोग प्रभावकारी, स्थानीय शैक्षिक सामाग्री निर्माणमा शिक्षकहरुको सक्रिय सहभागिता रहेको, विद्यालयको प्रशासनिक ब्यवस्था प्रभावकारी देखिएको थियो । त्यसैगरी सुधारात्मक पक्षहरुमा विद्यालयको खेल मैदान खुल्ला रहेकाले स्थानीय सरकार तथा सहयोगी दाताहरुबाट आर्थिक ब्यवस्थापन मिलाएर विद्यालयको कम्पाउण्ड निर्माण गर्नुपर्ने, विद्यार्थीको उपस्थिति न्यून भएकाले उपस्थिति बढाउनुपर्ने, अभिभावकहरुलाई पढाइ कुनाको ब्यवस्था गर्न अझै सक्रियता बढाउनुपर्ने, शिक्षकहरु उपस्थिति न्यून रहेको पाइएको थियो ।
अनुगमनमा राष्ट्रिय प्रारम्भिक कक्षाका कार्यक्रम संयोजक दिपलाल चौधरी, सामुदायिक परिचालक पारस चौधरी, दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, उपाध्यक्ष पिमा कुमारी खड्का, प्रशासकीय अधिकृत मार्शल कुमार वली, शिक्षा शाखाका प्रमुख अनिल केसी सहभागी रहेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here