Thursday, March 28, 2024
Homeमुख्य खबरसामुदायिक वनहरुलाई आर्थिक सहयोग

सामुदायिक वनहरुलाई आर्थिक सहयोग

- Advertisement -spot_img

लमही, २० बैशाख ।
सामुदायिक वनहरुलाई रकम उपलव्ध गराइने भएको छ । नर्ती समन्वय समितिको पहल र तराई भू–परिधि कार्यक्रम
(ताल) को आर्थिक सहयोगमा समन्वय समितिसँग आवद्ध भएका सामुदायिक वनहरुलाई विभिन्न शीर्षकमा आर्थिक सहयोग र कार्यालय सञ्चालन गर्नका लागि केही थान फर्निचरका सामाग्री उपलब्ध गराउने भएको छ ।
उक्त सहयोग पाउने सामुदायिक वनका प्रतिनिधिहरुलाई समितिले एकआफसमा छलफल समेत गराएको छ । विभिन्न संघ संस्थाहरुको सहयोगमा उक्त रकम प्राप्त भएको नर्ती समन्वय समितिका अध्यक्ष जोखुराम चौधरीले बताए । भवन मर्मत, प्लास्टर जस्तापाता खरिद, भवन रङरोगन लगायतका शीर्षकमा समितिसँग आवद्ध भएका सामुदायिक वनहरुलाई उपलब्ध गराउने भएको हो ।
छलफलमा करी चैलाही सामुदायिक वन उपभोक्ता समितिलाई ७८ हजार ३ सय २५ रुपैयाँ, बगार बाबा सामुदायिक वन उपभोक्ता समितिलाई ५६ हजार ७ सय रुपैयाँ, काली खोला सामुदायिक वन उपभोक्ता समितिलाई ९३ हजार २ सय रुपैयाँ, गुप्ती सामुदायिक वन उपभोक्ता समितिलाई ९३ हजार २ सय रुपैयाँ प्रदान गरिने भएको छ ।
यस्तै गायत्री सामुदायिक वन उपभोक्ता समितिलाई ७१ हजार ७ सय ५० रुपैयाँ, आमखोली सामुदायिक वन उपभोक्ता समितिलाई ७३ हजार ५० रुपैयाँ, लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिलाई एक लाख ४५ हजार ४ सय ५० रुपैयाँ, शिवशक्ति बाख्रा विकास सामुदायिक वन उपभोक्ता समितिलाई एक लाख १५ हजार रुपैयाँ आर्थिक रकम उपलब्ध हुने भएको छ ।
त्यसैगरी कार्यालय सञ्चालनका लागि प्लाष्टिकका कुर्सी, स्टिल दराज एकथान र एकथान टेबल पनि उपलब्ध गराउने भएको छ । रकम पाउने सामुदायिक वनहरुले यही आर्थिक वर्षमा काम सम्पन्न गरिसक्नुपर्ने बताएको छ । कार्यक्रममा आठवटा सामुदायिक वनका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमका बारेमा समितिका अध्यक्ष जोखुराम चौधरीले प्रकाश पारेका थिए भने संस्थाका जीवलाल खनालले सहजीकरण गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here