- Advertisement -spot_img
Thursday, April 15, 2021
Homebreaking-newsसामाजिक सुरक्षा ऐन लागू गर्न दवाव

सामाजिक सुरक्षा ऐन लागू गर्न दवाव

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, १७ फागुन । नेपाल ट्रेड युनियन कांग्रेसका राष्ट्रिय अध्यक्ष पुष्कर आचार्यले सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकारलाई दवाव दिनुपर्ने बताएका छन् । ‘तीन तहको सरकार हुँदा एकअर्काको मुख ताकेर बसेका छन्’ अन्तर्राष्ट्रिय टे«ड युनियन महासंघ नेपाल आवद्ध परिषदले सामाजिक सुरक्षासम्बन्धी युनियनका सदस्यहरूसँग आयोजना गरेको छलफलमा ‘विभिन्न पेशामा आवद्ध युनियनहरूले नै दवाव दिनुपर्छ ।’

सामाजिक सुरक्षा ऐन लागू भएको तीन वर्ष पुगिसक्दा पनि कार्यान्वयनमा ढिलाई भएको बताए । कार्यान्वयन गराउनको लागि युनियनले नै दवाव सिर्जना गर्नुपर्ने बताएका थिए । जुनसुकै राजनीतिक दलले मजदुरको पक्षमा लडाई गर्नुपर्ने बताएका थिए । ३१ प्रतिशत सामाजिक सुरक्षा कोष अनिवार्य राखिनु पर्ने बताएका थिए । ‘११ प्रतिशत मजदुरले गर्ने र २० प्रतिशत मालिकले राख्नुपर्छ’ उनले भने ‘अहिलेसम्म त्यो कोष लागूभएको छैन् ।’

छलफलमा सहभागी नेपाल निर्माण मजदुर संघका अध्यक्ष अक्षयकुमार चौधरीले मजदुर दुर्घटनामा परेको अवस्थामा क्षतिपूर्तिको बारेमा स्पष्ट नीति बनाउनुपर्ने बताएका थिए । ‘कुनै पनि मजदुर दुर्घटनामा प¥यो भने वा अपाङ्ग भयो भने त्यसको परिवारलाई राहत कसले दिने’ छलफलमा उनले भने ‘यो बारेमा पनि ध्यान जावस् ।’ ढङ्गा, गिट्टी, बालुवामा काम गर्ने मजदुर समस्या रहेको बताएका थिए ।

एनटियुसीका जिल्ला उपाध्यक्ष विमल पौडेलले सामाजिक सुरक्षा कोष सूचिकृत गरिदिनको लागि पहल गर्नुपर्ने बताएका थिए । ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष मुकुन्द अधिकारीको अध्यक्षतामा विभिन्न पेशामा आवद्ध श्रमिकहरूको अवस्थाको बारेमा छलफल गरेको थियो । छलफलमा सहभागी युनियनका सदस्यहरूले सामाजिक सुरक्षाकोष कार्यान्वयन गर्न अनुरोध गरेका छन् । प्रत्येक उद्योग क्षेत्रमा श्रम ऐन कार्यान्वयन गरी ज्याला निर्धारण गर्नुपर्ने बताएका थिए ।

सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयन गर्नको लागि सबै एकजुट हुनुपर्ने बताएका थिए । श्रमिक तथा मजदुरहरूको हकहितको लागि राजनीतिक हावी हुन नदिन पनि उनीहरूको बताएका थिए । कार्यक्रममा विभिन्न पेशामा आवद्ध युनियनका दिपक विक, गुरूप्रसाद अधिकारी, दिलबहादुर क्षेत्रीलगायतले बोलेका थिए । जिफन्ट प्रदेश सदस्य शिवराज पन्थीको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण रूपेश सिग्देलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here