Monday, April 15, 2024
Homeफिचरसामाजिक सद्भावका लागि नाटक ‘चौतारी’

सामाजिक सद्भावका लागि नाटक ‘चौतारी’

- Advertisement -spot_img

समाजमा रहेका हरेक प्रकारका विकृति र कुप्रथाको अन्त्यका लागि दाङमा चौतारी नाटक सञ्चालन हुने भएको छ । नाट्य संवादमार्फत सामाजिक एकता तथा सद्भाव प्रवद्र्धन परियोजनाको उद्देश्यले सञ्चालन हुन लागेको यो कार्यक्रम तुलसीपुर उपमहानगरपालिकका अन्तर्गत १६, १७, १८ र १९ नम्बर वडामा सञ्चालन हुन लागेको हो ।
प्रोपव्लिकको आयोजना तथा आई एफए जर्मनीको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको यो कार्यक्रम विगत चार वर्षदेखि नेपालका विभिन्न जिल्लाहरुमा सञ्चालन भईसकेको कार्यक्रम अधिकृत झोगेन्द्र अधिकारीले जानकारी दिए ।
समाजमा व्यक्ति–व्यक्ति हुने एकआपसको भ्रमको अन्त्य, विगतका द्वन्द्वमा परेकाहरु बीच सद्भावका लागि परियोजना शुभारम्भ एवं स्थानीय सल्लाहकार समिति पुनर्गठन कार्यक्रममार्फत नाटकको बारेमा जानकारी दिइएको हो । समाजमा भाइचाराको सम्बन्ध स्थापित गरी सामाजिक सद्भावको स्थापना गर्न यस नाटकले ठूलो भूमिका खेल्नेसमेत बताइएको छ ।
उक्त अवसरमा बोल्दै तुलसीपुर उपमहानगपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले राजनैतिक अवस्थाका कारण उथलपुथल भएका घटनाहरुलाई शान्तिप्रकृयाको माध्यमबाट नयाँ समृद्धिका कुराहरुलाई जोड दिनुपर्ने सुभावसमेत दिए ।
उनले विगतका गतिविधिहरुलाई बिर्सेर आम जनताहरुको पीडा र समस्यालाई समाधान गर्नका लागि हरेक नागरिकहरुलाई नाटकको माध्यमबाट सचेत गराउनुपर्ने बताए । समाजमा रहेको कुप्रथा, बालविवाह, अन्तरजातिय विवाहहरुलाई समेत नाटकको माध्यमबाट झल्काउँदै समाजको रुपान्तरणमा महङ्खवपूर्ण भूमिका खेल्ने बताए ।
हरेक समुदाय तथा समाजले सामुदायिक न्यायका लागि एक आपसमा सहकार्य गर्न जरुरी रहेको तुलसीपुर उपमहनगरपालिकाकी उपप्रमुख माया आचार्यले बताइन् । उनले समाजमा सहकार्य गर्दै सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नु सह्रानीय काम भएको समेत बताइन् ।
सूचना तथा सञ्चारको माध्यमबाट समेत समय–समयमा एकआपसको समन्वयले यो नाटकले महङ्खवपूर्ण भूमिका निभाउने विश्वास समेत व्यक्त गरिन् । आफू पनि नमुना बन्ने र अरुलाई पनि नमुना बन्नका लागि यो नाटकले उत्प्रेरणा गर्ने बताईएको थियो ।
करिव साढे १० महिनासम्म सञ्चालन हुने यो नाटक फागुन ३ गतेदेखि विभिन्न समिति, सल्लाहकार समिति निर्माण गरी स्थलगत रुपमा जानकारी दिँदै आएको छ । बैशाख ३ गतेदेखि तुलसीपुरको विजौरी, मानपुर लगायतका स्थानहरुमा आगामी २०७६ पुस १६ गतेसम्म सञ्चालन हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here