सामाजिक संरचना गलत

विचार

जिल्लामा यतिबेला लैंगीक हिंसाविरूद्ध १६ दिने अभियान सञ्चालन भईरहेको छ । सामाजिक मूल्य मान्यताका आधारमा हुने विभेदीकरणको अन्त्यका लागि विभिन्न संघसंस्थाका सरोकारवालाहरू यो अभियानमा सक्रिय भएर लागिरहेका छन् । विशेषगरी महिलाका सवालमा काम गर्दै आएका महिला अधिकारकर्मीहरू यो अभियानमा बढी सक्रिय देखिएका छन् । पुरूषको बर्चस्व रहेको समाजले महिलाहरूमाथि विभिन्न हिंसात्मक व्यवहार देखाउँदै आएकाले उनीहरू त्यस्ता गतिविधिविरूद्ध आवाज उठाउँदै आईरहेका छन् । अरूको हक, अधिकार र सम्मानका लागि काम गर्दै आएका कतिपय महिला अधिकारकर्मीहरू स्वयम् आफू पनि हिंसा झेल्दै आएको पाइएको छ । अरूको न्यायका लागि अहोरात्र खटिएर काम गर्ने अभिकारकर्मीहरू नै हिंसामा पर्नुको मुख्य कारण के हो ? किन स्वयम् अधिकारकर्मीहरू हिंसामा पर्ने गरेका छन् ? भनेर विभिन्न क्षेत्रमा क्रियाशील महिला अधिकारकर्मी, मानवअधिकारकर्मी लगायतसँग आजको प्रदेश टुडेको टुडे राउण्ड टेबलमा कुराकानी गरेका छौं । 


माया श्रेष्ठ
अधिकृत
महिला बालबालिका तथा सामाजिक विकास शाखा
तुलसीपुर उपमहानगरपालिका

जुनसुकै क्षेत्रमा रहेर काम गर्नका लागि सर्वप्रथम त्यस क्षेत्रको सामाजिक संरचना ठिक हुन आवश्यक छ । यदि हामी हाम्रो समाजको विकास, यहाँका नागरिकहरूको हक, अधिकार र संरक्षणका लागि काम गर्छौँ,
न्याय खोज्छौँ भने हाम्रो समाजको संरचना पनि सही हुन जरूरी छ । हाम्रो समाज पितृसत्तामा अडिएको समाज हो । यहाँ जतिसुकै सेवा सुविधा र श्रोत साधनहरू उपलव्ध हुन्छन् । सबै पुरूषको वर्चस्व कायम रहन्छ ।
यदि महिलाहरूलाई पनि उपलव्ध श्रोत र साधनहरू पहुँचसम्म पु¥याउन सक्ने हो भने कुनै समस्या आउँदैन । तर यहाँ श्रोत साधन र पहुँचको हिसाबले हेर्ने हो भने साधारण महिलाहरू मात्र होइन हामी अधिकारकर्मीहरूसमेत समस्यामा पर्ने गर्दछौँ ।
कसैले केही नगरे पनि आफू स्वतन्त्र भएर काम गर्न सक्ने वातावरण अहिले छैन । काम गर्दै गर्दा कहिले धेरै समय बित्यो, रात प¥यो भने कसले के भन्ने हो ? कसले के गर्ने हो ? भन्ने मनमा डर उत्पन्न हुन्छ । अपरिचित व्यक्तिले भेटेमा ममाथि हिंसात्मक वातावरण उत्पन्न हुने हो की भनी स्वयम् क्रसित हुनुपर्ने अवस्था रहेको छ ।

काम गर्दै गर्दा हामीले कतिपय ठाउँमा गाउँसमाजको डरले महिलाहरू हरेक कुराबाट पछाडी परिरहेका हुन्छन् । मानसिक यातना झेलिरहेका हुन्छन्, घरेलु हिंसाको सिकार बनिरहेका हुन्छन् तर आफ्ना समस्याहरू बाहिर ल्याउन सकिरहेका हुँदैनन् ।

किनभने भोलि मलाई समाजले केही भन्ने हो की ? मेरो बेइज्जत हुने हो की ? कसैले प्रश्न गर्ने होकी ? कहाँ जाने ? के गर्ने ? भन्ने विभिन्न डर क्रासले आफ्ना समस्याहरूसँग जेलिएर बसिरहेको भेटिन्छन् ।


यो सबैलाई हुन्छ । मलाई पनि हुन्छ । यसको लागि त हाम्रा सामाजिक संरचना, यहाँको सामाजिक मूल्य, मान्यताले हामीलाई निडर भएर हिड्ने, निर्धक्क भएर काम गर्न सक्ने वातावरण सिर्जना भयो भने हिंसा न्यूनीकरण हुन्छ ।
अहिले महिलामाथि कुनै पनि प्रकारको हिंसा भएमा कानुनहरू बलियो बनेको छ । कानूनी प्रक्रियामा गए हिंसामा परेका पीडितहरूले सहजै न्याय प्राप्त गर्छन् । तर यसका लागि समाजको साथ र सहयोगको आवश्यकता छ ।
महिला पुरूषबीच विभेदको अन्त्य गर्नुपर्छ । महिलामाथि हिंसा गर्नुहुँदैन, सबैलाई ईमान्दार व्यवहार गर्नुपर्छ भन्ने मानसिकताको विकास भयो भने हामी अधिकारर्मीहरूलाई पनि काम गर्न सजिलो, पीडितले न्याय पाउने, पीडकले सजाय पाउने हुन्छ ।
समाजमा हुने हिंसाजन्य गतिविधिहरू पुरूषकै कारण हुन्छ भन्ने छैन । कोही पुरूषले महिलाहरूको हक, अधिकार र उनीहरूको न्यायका लागि काम गरिरहेका हुन्छन् । तर समाजलाई भयमुक्त बनाउनका लागि पुरूषहरूले नै सक्रिय भूमिका खेल्न जरूरी छ ।
काम गर्दै गर्दा हामीले कतिपय ठाउँमा गाउँसमाजको डरले महिलाहरू हरेक कुराबाट पछाडी परिरहेका हुन्छन् । मानसिक यातना झेलिरहेका हुन्छन्, घरेलु हिंसाको सिकार बनिरहेका हुन्छन् तर आफ्ना समस्याहरू बाहिर ल्याउन सकिरहेका हुँदैनन् । किनभने भोलि मलाई समाजले केही भन्ने हो की ?
मेरो बेइज्जत हुने हो की ? कसैले प्रश्न गर्ने होकी ? कहाँ जाने ? के गर्ने ? भन्ने विभिन्न डर क्रासले आफ्ना समस्याहरूसँग जेलिएर बसिरहेको भेटिन्छन् । उनीहरू आफ्ना समस्या र हिंसाका विषयमा खुलस्त भएर बोल्न नसक्नु पनि सामाजिक संरचनाकै प्रभाव हो ।
जब उनीहरूले आफ्नो समस्याहरू प्रष्टसँग बताउन सक्दैनन् भने हामीले उनीहरूलाई कसरी न्याय दिने ? म यो कुराले हिंसामा परेको छु, मलाई न्याय दिनु प¥यो भनेर उनीहरू हामीसमक्ष आएको खण्डमा हामीले पनि परिवारको सल्लाह, सुझावका आधारमा कानुनी प्रक्रियाद्वारा न्याय दिन सक्छौँ ।
यसरी ढुक्कसँग न्याय खोज्ने र न्याय प्रदान गर्ने वातावरणको सिर्जना भयो भने समाज भयमुक्त हुन्छ, हिंसात्मक व्यवहारहरू हुन पाउँदैनन् ।
जसका कारण हामीलाई पनि अधिकारका क्षेत्रमा रहेका काम गर्ने हौसला र उर्जा मिल्ने गर्दछ । यसर्थ सर्वप्रथम हामीले हाम्रो गलत संरचनाहरू जस्तैः सामाजिक मूल्य मान्यता, परम्परागत मानसिकता, कुरिती लगायतलाई परिवर्तन गरी सकारात्मक धारणाको विकास गर्न जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *