सामग्री वितरण

मुख्य खबर

दाङ, ३० जेठ । तुलसीपुरमा अपाङ्गता भएका व्यक्तिका लागि सहयोग सामाग्री वितरण तथा अभिमुखीकरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका ५ नम्बर वडा कार्यालयको आर्थिक सहयोग तथा वडास्तरीय अपाङ्गता समन्वय समितिको आयोजना र राप्ती बहिरा संघ दाङको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण तथा अपाङ्गता अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्र शाहको प्रमुख आतिथ्यता तथा वडास्तरीय अपाङ्गता समन्वय समिति तुलसीपुर उपमहानगरपालिका वडा नं.५ का संयोजक बच्चचुराम परियारको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथि विरेन्द्र शाहले
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ मा रहेका हरेक वर्ग र प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको स–सम्मान अन्य व्यक्ति सरह समाजमा समान रुपमा बाँच्न पाउनु पर्ने अधिकारको वडाले सम्मान गर्ने र हरेक वर्ष अपाङ्गता भएका व्यक्तिहरुको हकहित र आयआर्जनमा सहयोग गरी स्वरोजगार तथा स्वाबलम्बी अपाङ्गता भएका व्यक्ति बनाउनका लागि वडाले बजेट तथा कार्यक्रमहरु बनाउँदै अगाडि बढाउने र वडालाई अपाङ्गतामैत्री वडा बढाउनका लागि आधारहरुको विकास गर्दै जाने कुरामा जोड दिए ।
कार्यक्रममा प्रशिक्षकद्वय प्रतिमा शर्मा र देवा डाँगीले अपाङ्गता परिचयपत्र बनाउने प्रक्रिया, अपाङ्गताको प्रकार, परिचयपत्रको महत्व, प्रकार, अपाङ्गता अधिकार ऐन तथा नीतिगत व्यवस्थाहरुको बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा १ जनालाई ट्राईसाईकल, १ जनालाई ह्विलचियर, २ जनालाई बैशाखी र २ जनालाई एल्बो कर्चिच हस्तान्तरण गरिएको थियोे ।
कार्यक्रममा वडा सदस्य सावित्रा गुरुङ, वडा सचिव संजय गुप्ता, नवराज बस्नेत र सहभागी उमलाल बुढाथोकीलगायतले मन्तव्य व्यक्त गरेका थिए । समन्वय समितिका सचिव हरिकला भण्डारीले सहजीकरण गरेको उक्त कार्यक्रम ६० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *