- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसमाजसानीभेरी छुवाछुतमुक्त घोषित

सानीभेरी छुवाछुतमुक्त घोषित

- Advertisement -spot_img

घोराही, २८ चैत । रुकुमको सानीभेरी गाउँपालिकालाई जातीय छुवाछुतमुक्त क्षेत्र घोषणा गरिएको छ । गाउँपालिकामा कुनै पनि खालको जातिय विभेद नरहेको भन्दै गाउँपालिकालाई जातीय छुवाछुतमुक्त तथा सामाजिक सद्भावयुक्त क्षेत्र घोषित गरिएको हो ।
कर्णाली प्रदेशका सामाजिक विकास समितिका सभापति राजु नेपालीले गाउँपालिकालाई जातीय छुवाछुतमुक्त क्षेत्र घोषणा गर्नुभएको हो । कार्यक्रममा गाउँपालिका क्षेत्रका सार्वजनिक धारा, कुवा, मन्दिरलगायत सार्वजनिक स्थलमा जातीय छुवाछुत नरहेको गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले बताए ।
सानीभेरी गाउँपालिका जातीय छुवाछुतमुक्त क्षेत्र घोषित हुने जिल्लाको तेस्रो स्थानीय तह बनेको छ । यसअघि बाँफीकोट गाउँपालिका र चौरजहारी नगरपालिका जातीय छुवाछुतमुक्त क्षेत्र घोषित भइसकेका छन । बाँफीकोट गत असार ५ गते र चौरजहारी ७ चैतमा जातीय छुवाछुतमुक्त क्षेत्र घोषित भएका थिए । साबिकको रुकुमका ४२ मध्ये १९ वटा स्थानीय निकाय जातीय छुवाछुतमुक्त क्षेत्र घोषित भएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here