Wednesday, April 17, 2024
Homeफिचरसानिमा बैंकको सरसफाई

सानिमा बैंकको सरसफाई

- Advertisement -spot_img

तुलसीपुर, २६ मंसिर । तुलसीपुरमा रहेको सानिमा बैकले मंगलबार तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थलको परिसरमा सरसफाई गरेको छ । सामाजिक उत्तरदायत्वि बहन गर्दै बैंकले एयरपोर्टमा यात्रुहरूको चाप दिनानुदिन बढ्दै गएको सन्दर्भमा सरसफाईलाई विशेष ध्यान दिनुपर्ने भन्दै सरसफाइ कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

बैंकका प्रबन्धक योगेश मल्लको नेतृत्वमा सरसफाई गर्न एयरपोर्ट पुगेको टोलीले आठ थान डस्टबिनसमेत नागरिक उड्डयन कार्यालय दाङलाई हस्तान्तरण गरेको थियोे । कार्यक्रममा नागरिक उड्डयन कार्यालय, प्रहरी, स्थानीय र सानिमा बैंकका कर्मचारीहरूले सरसफाई गरेका थिए ।

नागरिक उड्डयन कार्यालय तुलसीपुर दाङका प्रमुख विशाल घिमिरेले एयरपोर्टमा प्लाष्टिक निषेध गरेको बताए । उनले भने ‘हामीले एयरपोर्टको सरसफाइमा नियमित रूपमा सञ्चालन गरिरहेका छाँै यहाँ फोहोर गर्ने जो कोहीलाई पनि छुट छैन ।’ यात्रा गर्ने क्रममा फोहोर नगर्न पनि सबैलाई अनुरोध गर्दछौं कार्यालय प्रमुख घिमिरेले भने ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here