- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeसमाजसात सयको निःशुल्क बिमा

सात सयको निःशुल्क बिमा

- Advertisement -spot_img

तुलसीपुर, २ भदौ । यातायात व्यवसायीहरुको जीवन सुरक्षालाई ध्यानमा राख्दै तुलसीपुरमा रहेको एक यातायात प्रालिले सात सयजनाको दुर्घटना बिमा स्थापना गराएको छ ।
यात्रुलाई यातायात सेवा प्रदान गर्ने क्रममा हुनसक्ने जोखिमलाई कम गर्नका लागि प्रालिले कर्मचारी र यातायात व्यवसायीहरुको जीवन बिमा गराएको हो । प्रालिले आफ्नै संस्थाको रकमबाट निःशुल्क रुपमा यातायात व्यवसायीहरुको बिमा गराई दिएको छ ।
तुलसीपुरमा रहेको त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिले आफ्नो संस्थामा रहेका सबै व्यवसायी, कर्मचारीहरुको दुर्घटना बिमा वनाईदिएको छ । प्रालिमा आवद्ध रहेका ६ सय व्यवसायी र १ सय कर्मचारीहरु गरी जम्मा ७ सय जनाको प्रभु ईन्स्योरेन्स मार्फत विमा बनाएको प्रालिका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।
उनले स्थापित गरिएको बिमाबाट व्यक्तिले सामान्य दुर्घटना भएमा औषधी उपचारको रकम प्राप्त गर्ने र यदि कोहि कसैको मृत्यु भएमा दश लाखसम्म बिमा रकम पाउने गरी बिमा गराईएको बताए ।
यसैबीच प्रालिले दुर्घटनामा परी मृत्यु भएका एक यातायात व्यवसायीको परिवारलाई बिमा रकम हस्तान्तरण गरेको छ । प्रालिले २०७५ पुस १३ गते रा १ ख ४६८ नम्वरको बसका मालिक शंखर चौधरीको परिवारलाई दश लाखको दुर्घटना विमा रकमको चेक हस्तान्तरण गरेको हो । बिमा रकम ग्रहण गर्दै मृतकका परिवारले दुर्घटना बिमा रकमले परिवारमा ठूलो राहत पुग्ने प्रतिक्रियासमेत दिए ।
उक्त चेक प्रालिका अध्यक्ष, उपाध्यक्ष, प्रशासनिक संयोजक, आर्थिक संयोजक लगायतको सहभागितामा पीडित परिवारलाई प्रदान गरिएको हो ।
विसं २०७४ सालदेखि साविकको राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिले यातायात व्यवसायीहरुको हितका लागि दुर्घटना बिमा गर्ने कार्यको थालनी गरेको थियो । स्थापना कालदेखि हालसम्म उक्त संस्थाबाट तीनजना यातायात व्यवसायीहरुलाई दश लाखको दरले दुर्घटना बिमा रकम प्रदान गरिएको छ

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here