- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरसातसय सुरक्षाकर्मी परिचालन

सातसय सुरक्षाकर्मी परिचालन

- Advertisement -spot_img

दाङ, २८ असार । वर्षायाममा हुन सक्ने विपद्बाट हुने क्षतिलाई बचाउन दाङमा साढे ७ सय तालिम प्राप्त सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति दाङका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब साढे ७ सयजनालाई तयारी अवस्थामा जोखिम क्षेत्रमा राखिएको छ ।
नेपाली सेना १ सय ८०, सशस्त्र प्रहरी ३५ जना र नेपाल प्रहरीका ५ सय २५ जनालाई विषेश तालिम दिएर तयारी अवस्थामा स्रोत साधनसहित राखिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।
जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु नै विपद्को समयमा खट्ने गरी सबै प्रहरी चौकीका इञ्चार्जलाई विपद् प्रतिकार्यका लागि खटाईएको उनले बताए ।
बाढीको जोखिम क्षेत्रहरुमा तालिम प्राप्त सुरक्षाकर्मी, आवश्यक स्रोत साधनसमेत व्यवस्थापन गरिएको छ । कुनै पनि जोखिमका सूचना दिन नागरिकहरुलाई प्रशासनले आग्रह गरेको छ ।
बाढीको बहाव बढेपछि देउखुरीको राप्ती नदीका कारण गढवा र सिसहनिया क्षेत्र जोखिममा परेको स्थानीय प्रशासनले जनाएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाको आवश्यक तयारी भएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here