- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरसातवटा मोटरसाइकलमा आगजनी

सातवटा मोटरसाइकलमा आगजनी

- Advertisement -spot_img

युवा र स्थानीयबीच राजपुरमा विवाद …
देउखुरी, १८ मंसिर । दाङको देउखुरीमा स्थानीय र युवाहरुबीच विवाद हुँदा सातवटा मोटरसाइकलहरुमा आगजनी भएको छ । आइतबार राति दाङको राजपुर गाउँपालिकामा सातवटा मोटरसाईकलमा आगजनी भएको हो । रातको समयमा केही युवाहरुले केही थान गोरु लिइरहेका अवस्थामा स्थानीयहरुले अवरोध गरी युवाहरुलाई गोरु लिन नदिएपछि लखेटिने युवाहरु दलबल सहित सोहि स्थानपछि पुगेका थिए । स्थानीयहरुले यी युवाहरुलाई नियन्त्रण लिन खोज्दा युवाहरु मोटरसाइकल छोडेर भागेपछि स्थानीयले आगजनी गरेको देखिएको दाङ प्रहरीले जनाएको छ । दाङ प्रहरी प्रमुख वेलबहादुर पाण्डेले गोरुकै विषयमा विवाद भएको र त्यसले ठूलोरुप लिएको बताए । उनले कानुन हातमा लिएर अराजक गतिविधि भएको भन्दै त्यस्तालाई कानुनी कारवाही गरिने बताए । पाण्डेले आगलागीबाट रा ४१ प ८०१०, को ३१ प २५७२, रा ४ प २८४९, रा ४ प १२१६, रा ४ प ४१६१, रा २ प ४८४९ नम्बरका मोटरसाइकलमा क्षति पुगेको बताए । एकवटा मोटरसाइकलको नम्बर खुल्न सकेको छैन ।
आइतबार राति राजपुर गाउँपालिका वडा नम्बर ३ को बसन्तापुरमा गोरु लिएर भैसाही नाकातर्फ जाँदै गरेका युवा र स्थानीयबीच झडप भएको हो । गोरु लगेर जाँदै गरेका दुईजना युवालाई स्थानीयले सोधपुछ गर्दा शंकास्पद देखिएपछि स्थानीयहरु गोरु रोकेका थिए । उनीहरुले लैजान नदिने भने पछि झगडा शुरु भएको र गोरु लैजादै गरेका युवाले स्थानीयले यहाँ बाटो छेकेर बसेका छन् तपाईहरु आउनुस् भनेर बोलाएको स्थानीयले बताए । फोन गरेर बोलाएको आधा घण्टामा नौवटा मोटरसाइकलमा आएका अपरिचित युवाहरुले हाम्रो काममा अवरोध गर्ने यिनै हुन् भन्दै हातपात गर्न खोजेपछि स्थानीयहरु र उनीहरुको झगडा सुरु भएको एक स्थानीयले बताए । गाउँलेले रोकेर राखेका युवासँग बेलाबाट गएको प्रहरीले सोधपुछ गरिरहेको अवस्थामा प्रहरीलाई समेत उनीहरुले हातपात प्रयास गरेको स्थानीयहरुले आरोप लगाएका छन् । हतियारसहित घटनास्थलमा पुगेका युवाहरुले बेला प्रहरी चौकीका प्रहरी जवान सुरेन्द्र विकलाई खुकुरी प्रहार गरेका थिए । विकमाथि प्रहार भएको खुकुरी समात्न खोज्दा खुकुरीको दाबले गर्दा नोक्सान नभएको प्रत्यक्षदर्शी राम कुवेर यादवले बताए । प्रहरी जवान विकले म प्रहरी हुँ भनेपछि ति युवा रोकिएका थिए ।

देउखुरीका विभिन्न स्थानबाट संकलन गरेर ल्याएका गोरुहरु अझै पनि लमही नगरपालिका वडा नम्बर ८ को असानी गाउँ पछाडी बासको घारीमा लुकाएर बाँधिएका छन् एक स्थानीयले भने ।


लमहीबाट गएका युवाले अचानक आक्रमण गरिरहदा गाउँभरी सूचना पुगेपछि स्थानीयहरु सबै घटनास्थलमा जम्मा भएपछि युवाहरुमा भागाभाग भएको थियो । चोर आयो भनेर हल्ला गरेको सुन्यौ अनि हातमा जे भेट्यौ त्यहि लिएर मुख्य–मुख्य बाटो छेकेर बस्यौँ, राजपुर दुलैयाकी सुनिता चौधरीले भनिन्, अनि युवाहरु भागेका हुन् । रातको समय भएकोले हामीलाई आक्रमण गर्ने युवाहरुले बाटो पत्ता लाउन नसकेर मोटरसाइकल जता पायो त्यतै दौडाए, भाग्ने कतै ठाउँ नपाए पछि मोटरसाइकल खरबारीमै छोडेर भागेको स्थानीयको भनाइ छ । स्थानीयले रोकेका गोरुलाई पास गराउन त्यहाँ पुगेकामध्ये लमही नगरपालिका–५ लमही निवासी अर्जुन गुप्ता अहिले प्रहरीको नियन्त्रणमा छन् । गुप्ताका अनुसार अन्य साथीहरु मोटरसाइकल छोडेर राप्ती नदीमा हाम फालेर भाग्न सफल भए तर म भाग्न सकिन यतै लुकेर बसे, पछि प्रहरी आएको थाहा पाएर उनीहरुको सम्पर्कमा गए उनले भने । स्थानीयको अनुसार फिल्मी शैलीमा आएका अपरिचित युवाहरुको जत्थाले पूरै गाउँ नै असुरक्षित भएको आभाष हुने गराएको राम केदार तेलीले बताए । रातभर नसुतेर बसियो कतैबाट आएर फेरी कुटपिट गर्छन् कि भनेर यादवले भने । यो घटनाले राप्तीपारिका स्थानीयहरूलाई त्रसित बनाएको छ ।
देउखुरीमा गोरु तस्करको ठूलै गिरोह सक्रिय भएको छ । केही दिन यता देउखुरीमा विभिन्न नाका प्रयोग गरेर गोरुहरु ओसारपसार गर्ने क्रम बढिरहेको स्थानीयहरुले बताएका छन् । गोरु ओसारपसार गर्नेहरु हामीसँग गोरु बेच्ने लाईसेन्स छ भन्छन्, तर प्रशासनले गाडीमा लोड गरेर लैजान दिदैनौँ हिडाएर लैजान मिल्छ भन्छ । देउखुरीका विभिन्न स्थानबाट संकलन गरेर ल्याएका गोरुहरु अझै पनि लमही नगरपालिका वडा नम्बर ८ को असानी गाउँ पछाडी बासको घारीमा लुकाएर बाँधिएका छन् एक स्थानीयले भने ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here