- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeसमाजसातदिने निःशुल्क योग शिविर

सातदिने निःशुल्क योग शिविर

- Advertisement -spot_img

तुलसीपुर, १० बैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ झुमरेमा रहेको हाम्रो पहुँच स्कुल प्राङ्गणमा सञ्चालन भएको सातदिने निःशुल्क पतञ्जली योग शिविरको सोमबार एक कार्यक्रमका बीच समापन गरिएको छ ।
आदर्श नगर टोल विकास संस्थाका सचिव भोजराज न्यौपानेको अध्यक्ष्यता तथा वडा नम्बर ७ का वडा अध्यक्ष तथा योग शिक्षक टोपबहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको हो ।
समापन कार्यक्रममा प्रमुख अतिथि केसीले योग मानव जीवनको अभिन्न अंग भएको र योगले शारीरिक मानसिक र बौद्धिक क्षमतामा वृद्धि हुने र अनुशासित र निरोगी जीवन जिउन सकिने बताए ।
पतञ्जली योग समिति प्रदेश नम्बर ५ का सल्लाहकार अरण कुमार श्रेष्ठ, प्रदेश सदस्य लक्ष्मी वली, अधिवक्ता उत्तम कुमार भण्डारीले योगको महङ्खवका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा सहभागीको तर्फबाट बामदेव भण्डारी, मैना भण्डारीलगायतका आ–आफ्नो धारणा व्यक्त गरेका थिए । आदर्श नगर टोल विकास संस्थाको आयोजनामा पतञ्जली योग समिति दाङले निःशुल्क शिविरको सञ्चालन गरेको हो ।
शिविरमा करिब ७० जनाको सहभागिता रहेको थियो । यसैबीच योगलाई निरन्तरता दिनको लागि ओम सिनेमा शान्ति हलको प्राङ्गणमा योग कक्षा सञ्चालन गर्ने गरी पतञ्जली योग समिति प्रदेश नम्बर ५ का सल्लाहकार अरुण कुमार श्रेष्ठको सरंक्षण तथा योग सहशिक्षक मिनराज भट्टराईको अध्यक्ष्यतामा समिति गठन गरिएको छ ।
जसको उपाध्यक्ष्यमा वामदेव शर्मा, सचिवमा रेखा शर्मा, कोषाध्यक्षमा भोजराज न्यौपाने, सदस्यहरुमा गंगाराम न्यौपाने, टोपली घर्ती, लिला लामिछाने, ठाकुर प्रसाद भुसाल, अनिता बुढा रहृेका छन् ।
त्यसैगरी सल्लाहकारमा उत्तम भण्डारी, सूर्यप्रसाद शर्मा, अमरराज गिरी, ध्रुब पुरी रहेका छन् । कार्यक्रमको सहजीकरण योग साधिका रेखा शर्माले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here