साउन (हरियो) महिनाः एक चर्चा

विचार

हिजो साउने सक्रान्ति वा साउन महिनाको पहिलो दिन (१) गते वा महिनाको हिसाबले आषाढ महिनाको अन्त्य भएर आजबाट साउन सुुरु भयो । गतेको हिसाबले (३१) दिनसम्म चलेको असार महिना सिद्धिएर आज साउनको (१) गते भन्ने भयो ।
पक्षको हिसाबले हिजो दिनसम्म आषाण् शुक्लपक्ष रहेकोमा आज श्रावण कृष्णपक्ष शुरु भयो । अर्थात् हिजोको तिथि आषाढ शुक्लपक्ष पूर्णिमा तिथि थियो भने, आज श्रावण कृष्णपक्ष प्रतिपदा तिथि आरम्भ भएको छ ।
ऋतुका हिसाबले जेठ–असारसम्म चलेको ग्रीष्म ऋतु हिजोदेखि अन्त्य भएर आजदेखि वर्षाऋतु सुरु भएको छ । राशीका हिसावले हो भन्ने हो भने असार महिनासम्म मिथुन राशीमा रहेका सूर्य आज बिहानको सूर्योदयसँगै कर्कट राशीमा सरेका छन् । त्यसैले आजको यस साउने सक्रान्तिलाई कतिपयले कर्कट सक्रान्ति पनि भन्ने गर्दछन् ।
श्री सूर्यनारायण गत माघ १ गतेदेखि हिजो असार मसान्तसम्म उत्तरतर्फ रहेको र यो अवस्थामा दिन लामा र रात छोटा हुने गरेकोमा आजको दिनदेखी श्री सुर्यनारायण दक्षिणतर्फ सरेका छन् । र यो दक्षिण तर्फ सर्नेक्रम आगामी पौस मसान्त सम्म जारी रहनेछ ।
त्यतिवेला सम्म फेरी दिन छोटा र रात लामा हुँदै जानेछन् । विशेषतः प्रत्येक वर्षको असार ७ गतेलाई वर्षकै लामो दिनका रुपमा मानिन्छ । जुन दिन मान (३४) घडि (५०) पलामा हुन्छन् ।
अर्थात पूस महिनाको ७ गतेबाट दिन घट्नेक्रम बन्द हुन्छ र रात पुस १५ गतेबाट पलाका हिसावले दिन बढ्दै जान्छन् । यसरी यो संसारमा दिन बढ्ने र घट्ने तथा रात पनि बढ्ने र घट्नेक्रम चलिरहन्छ ।
विशेषतः साउने सक्रान्ति विविध पक्षले महत्वपूर्ण मानिन्छ । (६) महिने उत्तरायाम सकिएर (५) महिने दक्षिणायाम शुरु हुने आजको दिन विभिन्न कर्म र संस्कारसँग पनि जोडिएको महिना छ । आजको दिनदेखि वर्षा ऋतु शुरु हुने कारणले गर्दा र वर्षाको समयमा प्रकृतिनै हरियालीमय हुने हुँदा प्रकृतिसँग मितेरी गाँस्न वा प्रकृतिसँग साईनो लगाउन महिलाहरु हरियो पहिरनमा सजिन रुचाउँछन् ।
हरियो आफैमा तेजस्वी र समृद्धिको प्रतिक पनि हो । त्यसैले समृद्धिका लागि कर्म गर्ने जनजनले साउनको महिनालाई शिवजीको महिना पनि भन्ने गर्दछन् ।
हाम्रो धार्मिक मान्यता अनुसार शुक्लपक्ष (११) एकादशीका तिथिदेखि भगवान विष्णु क्षीर सागरमा सयन गर्ने भएकाले आफ्नो अनुपस्थितिमा सृष्टिको कार्यभार शिवजीलाई सुम्पिएर जाने र त्यसैबेलादेखि चतुर्मास शुरु हुने कथा पनि छ ।
जब भगवान विष्णु क्षीर सागरमा सयनका लागि जानुहुन्छ त्यस समयदेखि मांगलिक कर्म जस्तै विवाह लग्न, ब्रतवन्ध, लग्न, ग्रह प्रवेश (कलाचक्र) आदि जस्ता कर्महरु बन्द हुन्छन् ।
यो चतुर्मासभित्र शिवजीको पूजा, भगवान कृष्णको पूजा, सप्तऋषिको पूजा, नागको पूजा, देवीको पूजाजस्ता महत्वपूर्ण पूजा मानिन्छ । भगवान विष्णु आषाढ शुक्ल (११) एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म क्षीर सागरमा सुत्नु हुन्छ र त्यही कार्तिक शुक्ल (११) एकादशीका दिन जागा पनि हुनुहुन्छ ।
यसरी भगवान क्षीर सागरमा सयन गर्न जाने दिनलाई हरीशयनी एकादशी र भगवान विष्णु जागा हुने दिनलाई हरिवोधनी एकादशी भन्ने गन्छि । यही आध्यात्मीकवादका आधारमा पर्ने चतुर्मास र यही चतुर्मासमा पर्ने साउन महिना निकै महत्वका साथ हेर्ने गरिन्छ ।
यो साउने सक्रान्तिलाई बताएका हिसावले मात्र होइन पर्वका हिसावले पनि मान्ने गरिन्छ । साउने पहिलो दिन यस दिन आफ्नो गृह तथा घघरलाई प्राकृतिक प्रकोप जस्तै विद्युत प्रकोप,जल प्रकोप,अग्नी प्रकोप तथा अन्य दैवि प्रकोपवाट वच्न तथा बचाउनको लागी पनि धेरै विधि र प्रकृया अपनाईन्छ ।
साउने सक्रान्तिको दिन घरमा फलहरुमा दारिम, अमिलो, कागती, ओखर, टिमुर, बेलाउती सबै हरिया जातका राखेर पूजा गर्ने, साँझमा निशाचरको पूजा गर्ने । कण्डारकको पूजा गर्ने, लुतो फाल्ने, घरमा भद्लायो पात र खरको गाँज कोचोर्ने गर्नाले वर्षाको समयमा हुने बज्रको भय, विद्युतको भय, आगोको भय हुँदैन ।
त्यसैगरी वर्षा ऋतुमा पानीमा हुने प्रदूषणका कारण तथा बाटोघाटोमा हुने हिलोको कारण मानव शरीरको छालामा देखापर्ने अनेकौँ समस्या पनि निराकरण हुन सक्ने हाम्रो धार्मिक विश्वास रहिआएको छ । वर्षा ऋतुमा आकाश बढी गर्जने, चट्याङ पर्ने, पानी र हिलोको प्रकोप बढ्ने चारैतिर हरियै–हरियो वातावरण हुने हुनाले यो सबै मौसम, समय, हावापानी तथा वातावरणको हिसावले नितान्त नौलो र फरक हुन्छ ।
गृष्म ऋतुको टन्टालपुर घाम, धुलाम्य वातावरण, सुख्खा मौसम र सङ्लो पानीको आपूर्ति हुने गर्दै गरेको अवस्थामा र प्रकृति पनि खण्डहर बनेको अवस्थामा शुरु हुने साउन महिनाले सबैमा परिवर्तन ल्याउँछ ।

साउन महिनादेखि भदौ महिनासम्म वर्षा ऋतु चल्ने भएकोले वर्षको समयमा आकाशबाट पानी परिरहने र पानीको प्रचूरता सँगसँगै प्रकृतिका हरेक झार, जंगल, बुटाबुटी पलाएर हरियो हुने र खेतबारीमा समेत अन्नबाली धान र मकैले टन्न भरिएको देखिने हुनाले यो समयलाई हरियो समय भन्नु नितान्त जरुरी छ । तर प्रकृति हरियो भयो भन्दैमा आम महिला सबै लुगा, पोते, चुरा, टिका तथा गहनासमेत हरियो लगाएर र पहिरिएर हरियो बन्नै पर्छ भन्ने कुरा कदापि सत्य होइन ।

यो परिवर्तन मानव स्वास्थ्यका लागि पनि खप्न, सहन र पचाउन निकै समस्या र गाह्रो हुन्छ । त्यसैले पनि मौसमको यो परिवर्तन मौसमको यो परिर्वनत र मौसमको यो चुनौतिलाई सहजै खप्न र थेग्न सकियो भनेर नै साउनको पहिलो दिन विशेष पूजा गरेर यसबाट बच्ने उपाय अपनाइन्छ ।
साउन महिनादेखि भदौ महिनासम्म वर्षा ऋतु चल्ने भएकोले वर्षको समयमा आकाशबाट पानी परिरहने र पानीको प्रचूरता सँगसँगै प्रकृतिका हरेक झार, जंगल, बुटाबुटी पलाएर हरियो हुने र खेतबारीमा समेत अन्नबाली धान र मकैले टन्न भरिएको देखिने हुनाले यो समयलाई हरियो समय भन्नु नितान्त जरुरी छ ।
तर प्रकृति हरियो भयो भन्दैमा आम महिला सबै लुगा, पोते, चुरा, टिका तथा गहनासमेत हरियो लगाएर र पहिरिएर हरियो बन्नै पर्छ भन्ने कुरा कदापि सत्य होइन ।
हरियो प्रकृतिलाई मान्नु । हरियो प्रकृतिलाई पूजा गर्नु, यतिबेलाका हरिया फलको पूजा गर्नु, शिवजीलाई मान्नु र शिवजीको पूजा गर्नु सत्यमा आधारित कर्म हुन् तर हरियो साउनमा हरियो हुने महिला बैशाखमा के हुने ?
जेठमा के हुने ? पुसमा के हुने, माघमा क हुने ?
बैशाख–जेठमा प्रकृति नाङ्गै हुन्छ त्यसबेला महिला के हुने ? त्यसकारण साउनलाई मात्र हरियो मानेर हरियो बन्नुपर्छ भन्नेले अन्य महिनाको पालना गर्ने कि नगर्ने ? निश्चय कुरा के हो भने भगवान विष्णुले शिवजीलाई दिएको आज्ञा र सुम्पिदिएको जिम्मेवारी अनुसार श्रावण महिनामा यो धर्ती ज्यादै सुन्दर र हराहरा हुने भएकोले भगवान शिवजीले पृथ्वीको भ्रमण गर्ने कुरा सत्य हो ।
भगवान शिवजी यस घर्तीमा झरेको र ओर्लेको बेला उनको जप, ध्यान, ब्रत, पूजा तथा उपासना गर्नाले समृद्धशाली बरदान प्राप्त हुने कुरा पनि साँचो हो । तर महिलाको रुप, स्वरुप, पहिरन र ढाँचामा हरियैँ हरियो हुनुपर्छ भन्ने कुरा नितान्त गलत हो । यो बजारमा भएका हरिया रङका पहिला सामाग्री बेचते र एक अनर्गल प्रचारबाजी हो । हल्ला हो र झुट हो ।
प्रकृति त हाम्रो देशको हरियो हो, तर चुरा हरियो कहाँको हो ? पोते हरियो, कहाँको हो ? धोती हरियो, कहाँको हो ? साडी हरियो, कहाँको हो ? चोली हरियो, कहाँको हो ? टीका र अन्य सामग्री हरियो, कहाँको हो ? यो कुरा बुझ्न सक्ने कि नसक्ने ? देश हाँक्ने अधिकार खोज्ने महिलाले प्रकृतिको स्वरुप अनुसार आफ्नो स्वरुप बनाउँछ भने त्यो पुग्न सक्छ ? त्यो सफल हुनसक्छ ? त्यो पूरा हुन सक्छ ?
साउन महिना शिवजीको भएजस्तै कुनै पनि महिना खाली हुँदैनन् ? कुनै न कुनै देवताका महिना अवश्य हुन्छन् । प्रत्येक महिनाका मास देवता र मास देवी हुन्छन् । तर यो चतुर्माैस अर्थात् चौमासाभित्रका साउन, भदौ,
असोज र कार्तिक शिवजीले विशेष जिम्मेवारी सम्हालेका महिनाहरु हुन् । स्वयम् भगवान विष्णुले शिवजीलाई आफ्नो अधिकार सुम्पिदिएर क्षीर सागरमा जानु भएको हो । बैकुण्ठमा लक्ष्मीलाई एक्लै छोडेर समुद्रमा सुत्नका लागि जानुभएको हुनाले यतिबेला लक्ष्मीसमेत विष्णुप्रति कटाक्ष हुनुहुन्छ भने धार्मिक विश्वास पनि छ ।
चौमासाभित्र पर्ने साउन महिनाको विशेष महत्व छ । यो साउने संक्रान्तिको पनि विशेष महत्व छ तर हरियो पहिरनको भने खासै अर्थ भेटिन्न र देखिन्न ? मौसमी परिवर्तनबाट बच्न र जोगिन त्यस किसिमको सुरक्षात्मक धार्मिक कर्म गर्नु नितान्त जरुरी छ ।
जस्तो कि हरियो फलको पूजा, हरियो वृक्षको पूजा, पोखरी तथा तालको पूजा, अग्नीज्वालाको पूजा, कण्डारकको पूजा, रात्रीको पूजा, भाङको पूजा अवश्य गर्नुपर्छ ।
यतिमात्र होइन हाम्रा महिला दिदी–बहिनी तथा आमाहरुले बुझ्नु पर्ने कुरा के हो भने साउनको महिनामा नदी तथा रजस्वला भएकी हुन्छिन् । जसरी महिला जातिहरु महिनावारी हुँदा (४) दिनसम्म अशुद्ध मानिन्छन् त्यसरी नै बग्ने पानी अर्थात् गंगा तथा नदी पनि साउन महिनाभरि अशुद्ध मानिन्छन् ।
त्यसैले यो साउनको महिनामा खोला, नदी, गंगामा नुहाउनु पुण्य हुँदैन । यो महिनामा ताल, पोखरी, कुवामा नुहाउने अति उत्तम मानिन्छ । त्यसैले यदि सक्नुहुन्छ र जान्नु हुन्छ भने साउन महिनामा सके महिनौं दिन नसके १५औँ दिन, नसके हप्तौ दिन, त्यो पनि नसके एकदिन भएपनि कुनै पवित्रा ताल, कुण्ड, पोखरी वा कुवामा स्नान गर्नुहोस् र भगवान् शिवजीको पूजा गर्नुहोस् । त्यसैगरी एकदिन आकाशे झरी अर्थात् वर्षाले पनि स्नान गर्नुहोस् । पुण्य कमाउनकै लागि गर्ने कर्म यिनै हुन् ।
हरियो पहिरनभन्दा यस्तो किसिमको स्नानमा कोटी–कोटी फल प्राप्त हुने । हामीले हाम्रो धार्मिक आस्था, विश्वास र मान्यतालाई बुझ्न सकेनौं भने कसले बुझ्नला ? देशको आधा आकाश ढाकेका नारीहरु बजारिया हल्लाको भरमा दौड्ने भन्दा खास–खास धार्मिक मान्यतालाई अंगीकार गरेर त्यसको अनुशरण गर्नु बुद्धिमानी हुन्छ ।
साउन महिनाभन्दा पहिले साउने संक्रान्तिलाई बुझौँ । त्यो भन्दा पनि चौमासा वा चतुर्मासलाई बुझौं । हाम्रा नदी र गंगालाई बुझौं । हाम्रो प्रकृति र मौसमलाई बुझौं । मासदेवता र मासदेवीलाई बुझौं ।
आफ्नो गृहाश्रम र वासस्थानलाई सुरक्षित कवचले बाँधौं । बाँध्ने विधिलाई बुझौं । अनिमात्र हामीले सेवन गर्ने खाद्यपदार्थमा मासिक विवेकको प्रयोग गरौं । मौसम अनुसार र मौसमी परिवर्तन अनुसार चलन सिक्नु नै हाम्रो बुद्धिमानी हो ।
पहिरिने हरियो कपडा तथा हरियो रङ खाने चाहिँ मूलाको चाना । यसको कुनै अर्थ छ ? हरियो लगाउनेले हरियो खान र खुवाउन पनि जान्नु प¥यो कि परेन । हेर्नको लागि र देख्नको लागि प्रत्यक्ष हरियो त धर्ती तथा प्रकृति छदैछ । खास भोग्नको लागि, खानाको लागि र शक्ति प्राप्तको लागि पनि हरियो परिकारको खोजी गरौं र खाने गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *