साईकलको महत्वबारे जानकारी

समाज

घोराही, ३ मंसिर । दाङ जिल्ला साइकल संघले विद्यार्थीहरूमा साइलकको महत्वमा विषयमा जानकारी गराउन थालेको छ । साईकल चलाउँदा हुने फाइदाका बारेमा संघले सोमबार ज्योतीपुञ्ज सेकेन्डरी स्कुलका विद्यार्थीहरूलाई जानकारी दिइएको हो ।
कक्षा ८, ९ र १० का ५० जना बढी विद्यार्थीहरूलाई संघका अध्यक्ष रेशम केसीले साइकलको महत्व र शरीरलाई हुने फाइदाका बारेमा जानकारी गराए । साइकल चलाउँदा शरीरिक अभ्यास हुने र रक्तचापलाई सन्तुलनमा राख्न सकिने बताए । त्यसैगरी मष्तिस्क, मुटु, खुट्टा तथा हातको समेत अभ्यास हुने भएकाले साइकल चलाउनु उपयुक्त रहेको अध्यक्ष केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *