Thursday, March 28, 2024
Homeफिचरसाँख जोगाउन एकता

साँख जोगाउन एकता

- Advertisement -spot_img

घोराही, ३१ भदौ । नेपाली काँग्रेस क्षेत्र नम्बर २ ले दोसो चरणको जनजागरण अभियानलाई तिव्र पारेका छन् । क्षेत्र नं २ ‘क’ र ‘ख’ ले आ–आफ्नो निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै जागरण अभियानको कार्यक्रम गरेर तिव्र पारेका हुन् ।
नेपाली काँग्रेसको दोस्रो चरणको जनजागरण अभियानको कार्यक्रममा त्यहाँका कार्यकर्ता, शुभचिन्तक लगायतसंग भेटघाट तथा कार्यक्रमको आयोजना गरी सुझाव संकलनसमेत गरेका छन् ।
त्यसैक्रममा नेपाली काँग्रेस क्षेत्र नं २ ‘ख’ले घोराही उपमहानगरपालिका वडा नं ९ मा जनजागरण अभियानको कार्यक्रमको आयोजना गरेको छ ।
क्षेत्र नं. २ ‘ख’का सभापति कमलप्रसाद गौतमको अध्यक्षता एवं नेपाली काँग्रेस जागरण अभियानका प्रतिनिधि धुव्र पुरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा सहभागीहरुले पार्टीका सबै कार्यकर्ता र नेताहरु एक भएर अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए । पार्टीमा एकमत भएमा कसैले पनि हराउन नसक्ने भन्दै एकतामा ख्याल गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा क्षेत्रीय सभापति भूपबहादुर डाँगी, नेपाल महिला संघकी लक्ष्मी शाहीलगायतले बोलेका थिए । कार्यक्रमको विषय बारेमा घोराही उपमहानगरपालिका–१२ का सभापति नोखिराम केसीले जानकारी गराएका थिए ।
सावित्र त्रिपुर सभापति दिपक पाण्डेको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण महेन्द्र दाहालले गरेका थिए । त्यसैगरी नेपाली काँग्रेस क्षेत्र नं २ ‘क’ले पनि जागरण अभियान कार्यक्रम गरेको छ ।
घोराही उपमहानगरपालिका वडा १८ को मसिनामा जनजागरण अभियान कार्यक्रमको आयोजना गरेको हो । क्षेत्र नं २ ‘क’ सभापति गिरिराज सुवेदीको अध्यक्षता एवं जागरण अभियानका प्रतिनिधि उमा दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा सहभागीहरुले सबैको आस्था नेपाली काँग्रेसको साँखलाई जोगाउनु पर्ने समय आएको बताएका थिए । नेपाली काँग्रेसका नीति र एजेण्डालाई आत्मसात गर्नुपर्ने बताएका थिए ।
काँग्रेसका नीति र एजेण्डाहरु प्रत्येक नागरिकलाई जानकारी हुनुपर्ने बताएका थिए । पार्टी एकता, सरकारले गरेका ज्यादती र भ्रमहरुको बारेमा जनतामाझ पु¥याउने र नेपाली काँग्रेसका सिद्धान्तहरु जनतामाझ पु¥याउनुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति कीर्तिबहादुर खड्का, पूर्व सभापति विर्केश्वरी गौतम, जिल्ला कोषाध्यक्ष सावित्रा राना, जिल्ला सदस्य गोपालराज शर्मा, क्षेत्रीय सभापति भूपबहादुर डाँगी, क्षेत्रीय सचिव बद्रि खड्का, विद्यार्थी नेताहरु तिलक रावत,
केशर रावत, महिला संघकी अध्यक्ष गोमा रावत, महिला नेतृहरु निरजा पोख्रेल, ज्ञानी विश्वकर्मा, पार्वती योगीलगायतले सुझाव दिएका थिए । कार्यक्रमको सहजीकरण नगर सचिव दिनेश अधिकारीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here