सहारा सहकारीमा नयाँ नेतृत्व

मुख्य खबर समाज

तुलसीपुर, २१ भदौ ।
तुलसीपुरमा १२ वर्षदेखि सञ्चालन भएको सहारा बचत तथा ऋण सहकारीले संस्थामा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको शनिबार भएको १२आंै साधारणसभा तथा चौथो अधिवेशनबाट बासुदेव आचार्यको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । जसको उपाध्यक्षमा केशव सापकोटा, सचिवमा भिमलाल मरासिनी, कोषाध्यक्षमा शालिकराम वली निर्वाचित भएको निर्वाचन समितिका संयोजक मधुसुदन केसीले जानकारी दिए ।
कार्यसमिति सदस्यमा राधा पोख्रेल, भवानी गिरी, ऋषिराज भण्डारी, किरण विश्वकर्मा रहेका छन् । एक सदस्य पछि थप हुनेछ । त्यसैगरी लेखासमिति संयोजक कमला गिरी, सदस्यमा निर्मला डाँगी, कृष्णप्रसाद आचार्य रहेको निर्वाचन समितिका सदस्य यमप्रसाद भुसालले जानकारी दिए । भुसालले नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको बताए ।
संस्थाका अध्यक्ष बासुदेव आचार्यको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका सहकारी विभागका संयोजक तथा वडा नम्बर ७ का वडा अध्यक्ष टोपबहादुर केसीको प्रमुख आतिथ्यतामा साधारणसभा तथा अधिवेशन कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीलाई चुस्तदुरुस्त र पारदर्शी बनाउनुपर्ने बताएका थिए ।
उनीहरुले सरकारको नीति अनुसार सञ्चालन गरिनुपर्ने बताए । कार्यक्रममा सचिव केशव सापकोटाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शालिकराम वलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विष्णुप्रसाद शर्मा, विनोद शर्मा, लक्ष्मण पोख्रेल, मधुसुदन केसी, राधा पोख्रेल, विष्णुप्रसाद भण्डारीलगायतले बोलेका थिए ।
उपाध्यक्ष सुमन गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहजीकरण सचिव केशव सापकोटाले गरेका थिए । उक्त अवसरमा उत्कृष्ट बचतकर्ता, ऋणि, जेष्ठ सदस्यलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *