सहकारी संस्थाहरु स्थानीय तहमा हस्तान्तरण

फिचर मुख्य खबर राजनीति समाज

घोराही, ४ जेठ ।
दाङका स्थानीय तहहरुमा सहकारीलाई हस्तान्तरण प्रकृया सुरु भएको छ । डिभिजन सहकारी कार्यालयले शुक्रबार पहिलो चरणमा दशवटै तहमा पर्ने सहकारी संस्थाहरुको अभिलेख हस्तान्तरण गरेको छ ।
अभिलेख हस्तान्तरण तथा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतहरुलाई सहकारीसम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरी डिभिजन कार्यालयले पहिलो चरणमा अभिलेख हस्तान्तरण गरेको हो ।

दाङमा ६ सय १८ सहकारी संस्थाहरु रहेका छन् । स्थानीय तह अन्तर्गत घोराही उप–महानगरमा एकसय ८९, तुलसीपुरमा एकसय ६०, लमही नगरपालिमा ४१, बंगलाचुली गाउँपालिकामा २० वटा सहकारी संस्थाहरु रहेका डिभिजन सहकारी कार्यालय दाङका प्रमुख विनोद पौडेलले जानकारी दिए ।


डिभिजन प्रमुख विनोदकुमार पौडेलको अध्यक्षता एवं जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलको प्रमुख आतिथ्यतामा दशवटै तहहरुलाई सहकारीको अभिलेखहरु हस्तान्तरण भएको हो । दाङमा ६ सय १८ सहकारी संस्थाहरु रहेका छन् । स्थानीय तह अन्तर्गत घोराही उप–महानगरमा एकसय ८९, तुलसीपुरमा एकसय ६०, लमही नगरपालिमा ४१, बंगलाचुली गाउँपालिकामा २० वटा सहकारी संस्थाहरु रहेका डिभिजन सहकारी कार्यालय दाङका प्रमुख विनोद पौडेलले जानकारी दिए ।
त्यस्तै राप्ती गाउँपालिकामा २६, गढवा गाउँपालिकामा ४१, राजपुर गाउँपालिकामा १०, दंगीशरण गाउँपालिकामा २२, बबई गाउँपालिकामा १२ र शान्तिनगर गाउँपालिकामा २२ वटा सहकारी संस्थाको अभिलेखलाई शुक्रबार हस्तान्तरण गरिएको हो । ६ सय ३५ सहकारीमध्ये ५ सय ४३ वटा स्थानीय तह र ९२ वटा प्रदेश सरकारलाई कार्यालयले हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा सहकारी विभागका शाखा अधिकृत लिलावल्लभ चापागाईले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रमको सहजीकरण कमल पोख्रेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *