सहकारी दिवसमा रक्तदान

मुख्य खबर

घोराही, १८ चैत । ६२औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा दाङमा रक्तदान गरिएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा आइतबार घोराहीमा रक्तदान गरिएको हो ।
आज सोमबार नेपाल बचत तथा तथा ऋण सहकारी संघले ‘दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी’ विषयमा अन्तरक्रिया कार्यक्रम र मंगलबार राष्ट्रिय सहकारी बैंकले हाजिरीजवाफ प्रतियोगिता गर्ने कार्यक्रम तय भएको छ ।
सप्ताहब्यापी कार्यक्रमअन्तर्गत चैत २० गते जिल्लाका सबै स्थानीय तहमा ¥याली, सभा गरी ६२औँ राष्ट्रिय सहकारी दिवसका भव्य रुपमा मनाईने सचिव शुक्रराज भण्डारीले जानकारी दिए ।
साथै कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाभित्रका सहकारी संस्थाहरुलाई सहभागिताका लागि भण्डारीले आग्रह गरे । कार्यक्रममा सहभागी संस्थालाई प्रमाणपत्र र झाँकी जुलुसको मूल्याङ्कनको आधारमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने सहकारी संस्थालाई पुरस्कारको समेत व्यवस्था गरिएको सचिव भण्डारीले जानकारी दिए ।
२०१३ साल चैत २० गते बचत सहकारी दर्ता भएको भन्दै राष्ट्रिय रुपमा सप्ताहब्यापी रुपमा सहकारी दिवस मनाउने क्रम जारी छ । चितवनको शारदा नगरमा बखन बचत सहकारी संस्था दर्ता भएकोले सरकारले हरेक बर्ष सहकारी दिवस मनाउने निर्णय गरे अनुसार सप्ताहब्यापी रुपमा विविध कार्यक्रम गरी दिवस मनाउने क्रम चलेको हो ।
१५ गते जिल्ला बहुउद्देश्यीय सहकारी संघले घोराहीको तेरौटेमा रहेको बृद्धाश्राममा सहयोग गरेको थियो भने जिल्ला बचत तथा ऋण सहकारी संघले तुलसीपुरमा अन्तर विद्यालयस्तरको ‘दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी’ विषयक निवन्ध प्रतियोगिता सञ्चालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *