सहकारीमा जोडिन आवश्यक

मुख्य खबर

तुलसीपुर, २२ मंसिर । सहकारीसँग जोडिन सके हरेक नागरिकको आर्थिक अवस्था मजवुद बन्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । शान्तिनगर गाउँपालिका वडा नम्बर ३ पातेटाकुरामा रहेको ग्रामीण एकीकृत बचत तथा ऋण सहकारी संस्थाको दशौँ वार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । सहकारी सहुलियत दरमा ऋण लगि ब्यवसाय अंगाल्न सके घरको आर्थिक अवस्थामा सुधार आउने उनीहरुको भनाइ थियो । यसका साथै सहकारीले समाजका विकृति हटाउनुका साथै सामाजिक कार्यमा समेत अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । संस्थाका अध्यक्ष मिनबहादुर केसीको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक दाङका प्रमुख नारायण बेल्वासेको प्रमुख आतिथ्यता एवं वडा नम्बर ३ का अध्यक्ष बुद्धिराम तिवारीको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो ।
शेयर सदस्यको परिवारमध्येबाट एसईईतर्फ सबैभन्दा बढी अंक ल्याउने मानव कडेल र निरुता केसी,जेष्ठ नागरिक अमर बहादुर गिरी, ऋण उपसमितिका निर्वतमान संयोजक नन्दलाल पाण्डे र निवर्तमान अध्यक्ष दिपक कुमार गौतम, उत्कृष्ट ऋणि बुदिराम चलाउनेलाई नगदसहित सम्मान गरिएको थियो । संस्थाका सहायक ब्यवस्थापक पार्वती पुनको स्वागत मन्तव्य सभामा कोषाध्यक्ष माधवप्रसाद बस्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सहजीकरण सचिव थम्मन कँडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *