सहकारीको अनुगमन

मुख्य खबर

देउखुरी, ४ असार । लमही नगरपालिका–१ मा रहेको निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड र वडा नम्बर ९ मा रहेको कर्मठ महिला सहकारीको अनुगमन गरिएको छ । मंगलबार लमही नगरपालिका नगरप्रमुख कुलबहादुर केसी,
उपप्रमुख देवका बेल्वासे, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीसहित जनप्रतिनिधि, ग्रामीण महिला उत्थान केन्द्र दाङको अध्यक्ष आसमानी चौधरी, हेफर ईन्टरनेशनल नेपालका जगत चौधरी, पार्वती बस्नेत र पत्रकारलगायतको संयुक्त टोलीले सहकारीकाले अध्ययन अवलोकन गरिएको हो ।
अनुगमनको क्रममा निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थामा १ हजार १ सय दश जना शेयर सदस्य रहेको पाइएको छ । संस्थामा १ लाख ४२ हजार ६ सय शेयर पँुजी रहेको अध्यक्ष गौरी चौधरीले बताईन् ।
अहिले सहकारीमा ५२ वटा समूहहरु आवद्ध रहेको र जसमध्ये ९ वटा मूल समूह र ४३ वटा उपहार समूह रहेका छन् । बेरोजगार बनेर बसेका धेरै महिलाहरुलाई तालिमको आयोजना गरेर उनीहरुलाई सीपमा दक्ष पनि बनाएको अध्यक्ष चौधरीले बताईन् ।
त्यस्तै बाख्रापालन, गाईपालन, भैसीपालन र बंगुरपालन जस्ता व्यवसायका लागि ५ प्रतिशत ब्याजमा सहुलियत ऋण पनि उपलब्ध गराउँदै आएको अध्यक्ष चौधरीको भनाई छ । सहकारीले आफ्नै दूग्ध डेरी पनि सञ्चालन गरेको छ ।
लमही क्षेत्रमा सञ्चालन भैइरहेको पशु वस्तुको मूल्याङ्कन आधारित साना किसानहरुको संस्था सवलीकरण परियोजनाअन्र्तगत लमही नगरपालिकामा गठन भएको दुईवटा परियोजनाको अनुगमन तथा समन्वय नेतृत्व परियोजना क्षेत्रको अध्ययन अवलोकन पनि गरिएको छ ।
गाउँमा समूह गठन भएदेखि किसान महिलाहरुको जीवनस्तरमा सुधार आएको स्थानीय महिला किसानहरुले बताएका छन् ।
बाख्रापालन गर्न नजानेका किसान महिलाहरुको घर–घरमा बाख्रा व्यवसायीहरुको लहर लागेको अध्यक्ष चौधरीले बताईन् ।
ग्रामिण महिला उत्थान केन्द्र र हेफर ईन्टरनेशनल नेपाल दाङले आमाको रुपमा काम गरेको स्थानीय महिला किसानहरुले बताउँछन् । हेफर इन्टर नेशनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङले दुईवटा संस्थामा आवद्ध भएका महिलाहरुको जीवनस्तर उकास्नका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *