- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeसमाजसहकारीका सदस्यलाई लेखा तालिम

सहकारीका सदस्यलाई लेखा तालिम

- Advertisement -spot_img

गढवा, २९ चैत । गढवामा रहेको सहकारी संस्थाका लेखापाल तथा कोषाध्यक्षहरुको लागि पाँच दिने लेखा तालिमको बिहीबार समापन गरिएको छ ।
गढवा गाउँपालिकाको आर्थिक सहयोग र गढवा गाउँपालिका स्तरीय सहकारी सञ्जालको आयोजनामा गढवामा रहेका ४० वटा सहकारी संस्थाका आर्थिक गतिविधि तथा क्रियाकलाप हेर्ने पदाधिकारी तथा कर्मचारीहरुलाई संस्थाको आर्थिक कारोवारमा सहजता ल्याउने उद्देश्यले चैत २४ देखि पाँचदिने लेखा तालिम सञ्चालन भएको थियो ।
गढवा गाउँपालिकास्तरीय सहकारी सञ्जालका सल्लाहकार तथा वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष उमाकान्त पन्तको प्रमुख आतिथ्यमा भएको तालिमको समापन कार्यक्रममा बोल्ने बक्ताहरुले लेखा तालिमले संस्थाका आर्थिक पारदर्शीता, वैज्ञानिक लेखा तथा दीगोपन कायम गराउने मद्दत गर्ने कुरामा जोड दिएका थिए । साथै आफूले सिकेको ज्ञान व्यबहारमा लागू गर्ने बताए ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उमाकान्त पन्तले समृद्ध नेपाल सुखी नेपाली उद्देश्य लिइ अघि बढेको गढवा गाउँपालिका सहकारी सञ्जालले सबै सहकारीभित्रको अस्तव्यस्तता विसंगती हटाइ नीति र नियम बनाई सबै सहकारीलाई सक्षम बनाउनु पर्ने बताए ।
कार्यक्रममा सहभागीको तर्फबाट सहकारी सञ्जाल गढवाका सल्लाहकार हेमराज शर्मा, लक्ष्मी योगी, सहकारी सञ्जालका सल्लाहकार संयोजक रामप्रसाद गैरे, आधारशीला कृषि सहकारीका हरिप्रसाद यादव, गढवा गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम अधिकृत अशोक यादव, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र गढवाका अध्यक्ष गिरिराज भट्ट, गढवा गाउँपालिकाका प्रेस सल्लाहकार शिवराज पन्थी, सहकारी सञ्जालका प्रेस सल्लाहकार दुखहरण यादवलगायतको सहभागिता रहेको थियोे ।
तालिममा प्रशिक्षक गोपाल पौडेल र नारायण बेलवासेले, लेखाको सिद्धान्त, सहकारीमा ऋण जोखिम सम्बन्धी तथा सहकारीको अनुगमन प्रणाली वित्तीय विश्लेषण विषयमा सिकाएका थिए । कार्यक्रमको सहजीकरण गाउँपालिकास्तरीय सहकारी सञ्जालका सचिव बेगम गहतराजले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here