सहकारीका लागि लेखा तालिम

समाज

गढवा, २५ चैत । गढवा गाउँपालिकाको आर्थिक लगानी र गाउँपालिकास्तरीय सहकारी सञ्जालको आयोजनामा गाउँपालिका भरका ४४ सहकारी संस्थाहरुलाई एकै ठाउँमा भेला गरी आइतबारदेखि लेखापालन तालिम दिन सुरु गरिएको छ ।
सहकारी सञ्जालका जेष्ठ सदस्य तथा तालिमका संयोजक हुमाकान्त सुवेदीको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले स्थानीय तहको आर्थिक विकास र समृद्धिमा सहकारी एक खम्बा भएको भन्दै सबैको सहकार्य र समन्वयबाट मात्र सहकारीलाई बलियो बनाउन सकिने बताएकी छन् ।
कार्यक्रममा देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रका अध्यक्ष गिरिराज भट्ट, जिल्ला सहकारी संघ दाङका सदस्य मिना गुरुङ, चेतनशील सहकारी संस्थाका अध्यक्ष सकुन्तला डिसी, नव स्वर्गद्वारी महिला सहकारीका अध्यक्ष रेखा थापा, सहकारी सञ्जाल गढवाका सल्लाहकार हेमराज शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
पाँच दिनसम्म चल्ने लेखापालन तालिममा सहकारी डिभिजन कार्यालयका सहकारी निरीक्षक गोपाल पौडेलले प्रशिक्षण दिने छन् । सञ्जालका पटवारी यादवको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सञ्जालका सचिव बेगम गहतराजले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *