Saturday, April 13, 2024
Homeमुख्य खबरसस्तो पसल सञ्चालन हुने

सस्तो पसल सञ्चालन हुने

- Advertisement -spot_img

तुलसीपुर, ३ भदौ । चाडपर्वलाई लक्षित गरेर तुलसीपुर उपमहानगरपालिकाले सस्तो पसल सञ्चालन गर्ने भएको छ । सहकारीसँग समन्वय गरेर बजार प्रवेश गर्ने चारैवटा नाकामा सस्तो पसल सञ्चालन गरिने नगर उपप्रमुख माया शर्माले जानकारी दिइन् ।
सस्तो पसल खाद्य सामाग्रीसँग सम्बन्धित रहने उनको भनाई छ । ‘चामल, चिनी, मैदा, नुन, तेललगायतका दैनिक उपभोग्य खाद्य सामाग्री बिक्री वितरण गर्ने गरी सस्तो पसल सञ्चालन गर्नेछौँ’ उनले भनिन् ‘सस्तो पसलले विपन्न तथा न्यून आए भएका व्यक्तिलाई सहयोग पुग्ने छ ।’
बजार व्यवस्थापन तथा अनुगमन समितिकी संयोजकसमेत रहेकी शर्माले चाडपर्वमा बजारमा भिडभाड पनि निकै हुने हुँदा उपभोक्ता ठगिन सक्ने भएकालले पनि सस्तो पसल प्रभावकारी हुने बताएकी छन् । ‘चाडपर्वमा सहुलियत पसल सञ्चालन भएपछि ग्रामीण भेगका नागरिकलाई झनै सहज हुनेछ’ उनले भनिन् ‘उपभोक्ताको मागलाई मध्यनजर गर्दै सस्तो पसल सञ्चालन गर्न लागिएको हो ।’
यसैबीच चाडपर्वमा व्यापारीले मनलाग्दो किसिमले मूल्यवृद्धि गर्ने प्रवृत्ति मौलाएको भन्दै त्यसको अन्त्यका लागि तुलसीपुर उपमहानगरपालिकाले कार्ययोजना अगाडि बढाएको छ ।
बजार अनुगमन तथा व्यवस्थापन समितिकी संयोजक आचार्यले बजार अनुगमन गरेर आवश्यक कारवाही अगाडि बढाइने बताइन् । उनले चाडपर्व भनेर मनलाग्दो तरिकाले मूल्य बढाउने क्रमको अन्त्य गर्नका लागि स्थानीय सरकारले ध्यान दिने कुरामा जोड दिइन् ।
उपभोक्ता अनुगमन तथा व्यवस्थापन समितिको तुलसीपुरमा बसेको बैठकले बजारमा उपभोक्ता नठगिउन् भन्नका लागि मुल्य सूचि टाँस अनिवार्य गर्नुपर्ने निर्णय गरेको छ ।
‘बजार मूल्य टाँस गर्नु कानुनी कुरा पनि हो, यो बारेमा उद्योग वाणिज्य संघसँग सल्लाह गरेर प्रक्रिया अगाडि बढाइनेछ’ संयोजक आचार्यले भनिन् । उनले कतिपय वस्तुको मूल्य बिक्रेताले आफूखुसी बढाउने गरेको बताउँदै विनाकारण उपभोक्ताको ढाड सेक्ने गरी मूल्य वृद्धि गर्न नहुने बताइन् ।
तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारीले बजार अनुगमनका लागि उद्योग वाणिज्य संघले सहयोग गर्ने बताए । उनले एकाध व्यापारीले गलत गर्दा सबै व्यापारीको नाम मुछिएको कुरामा समेत जोड दिए ।
‘कसैले पनि आफ्नो मनलाग्दो गर्छ भने त्यो सह्य हुँदैन’ भण्डारीले भने । उनले उद्योग वाणिज्य संघले बजार शुद्धिकरणका लागि सहयोगी भूमिका खेल्ने कुरामा जोड दिए ।
जिल्ला वचत तथा ऋण सहकारीका अध्यक्ष रुपबहादुर खत्रीले बजारमा कालोबजारीका साथै मिसावट पनि बढेको बताउँदै स्थानीय सरकारले प्रशासनको सहयोगमा त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए । उनले बजारमा के भइरहेको छ ?
भन्ने बारेमा स्थानीय सरकार अनभिज्ञ रहेको आरोपसमेत लगाए । ‘जनताको गुनासो आएपछि मात्रै होइन की बेला–बेलामा बजारमा के भइरहेको छ ? भन्ने बारेमा पनि चासो दिनु आवश्यक छ’ उनको भनाई छ ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य केशव कुमार शर्मा बजारसँगै यातायातलगायत अन्य कुराहरुमा पनि निरन्तर अनुगमनको खाँचो पर्ने बताए । उनले बजार मूल्य अनिवार्य रुपमा सबैले टाँस्नुपर्ने कुरामा जोड दिदै सामानको गुणस्तरसमेत जाँच गर्नुपर्ने आवश्यकता रहेको कुरामा जोड दिए ।
‘बजारमा अहिले विषादी मिसाएका कुराहरुसमेत आइरहेका छन् तर त्यसका बारेमा कसैलाई पनि चासो छैन’ शर्माको भनाइ रहेको छ । उनले मानिसको स्वास्थ्यमा असर पार्ने तरकारी, फलफुल र मिठाईको शुद्धता जाँच्नुपर्ने आवश्यकता रहेको कुरामा जोड दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here