- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरसवारी दुर्घटना न्यूनीकरणमा सहयोग आवश्यक

सवारी दुर्घटना न्यूनीकरणमा सहयोग आवश्यक

- Advertisement -spot_img

घोराही, १२ असार ।
दाङका ट्राफिक प्रहरी प्रमुख मदन बहादुर कुवरले दाङ जिल्लामा सवारी दुर्घटना न्यूनीकरणलाई अझ प्रभावकारी रुपमा आफूले अगाडि बढाउने बताएका छन् । भर्खरै सरुवा भएर दाङ आएका ट्राफिक प्रहरी प्रमुख कुवरले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गर्र्दै दुर्घटना न्यूनीकरण योजनाबारेमा यस्तो बताएका हुन् ।
गर्नुपर्ने काम धेरै भएपनि उपलब्ध श्रोत साधनको परिचालन गरेरै दुर्घटना न्यूनीकरणमा कमी ल्याउने बताए । साँघुरा तथा कच्ची सडक, चालकको लापरबाही, तिब्रगति, छाडा चौपाया, ट्राफिक सचेतनाको कमी र सरोकारवालाहरुको सवारी दुर्घटनामा मौनता मुख्य समस्या आँैल्याएका थिए । कुवरले सबैको साथ र सहयोगबाट नै सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने बताए । उपलब्ध जनशक्तिको अभावमा पनि ट्राफिक प्रहरीले काम गर्नुपरेको र प्रहरीको मात्रै एक्लो प्रयासले उक्त कार्य सम्भव नभएको भन्दै सबैलाई जिम्मेवार बनाउने काम नै आफ्नो पहिलो प्राथमिकता रहेको कुवरले बताए । दाङ जिल्लामा ४८ हजार २ सय ५६ सवारी साधन रहेको बताए । कुवरले अहिले जिल्लामा ३१ जनामात्र ट्राफिक प्रहरीको दरबन्दी रहेको भन्दै ट्राफिक प्रहरी प्रमुख कुवरले १ ट्राफिक प्रहरीले एकहजार भन्दा बढी सवारी साधनलाई हेर्नुपर्ने बाध्यता आफूहरुसँग रहेको बताए । कुवरले दुर्घटना सम्बन्धित नीति नियममा समेत परिमार्जन गर्नसके र त्यसलाई सबैले अनुशासनका साथ कायम गरी नीति नियमको पालना गर्न सक्ने हो भने दुर्घटना न्यूनीकरण हुने उनको भनाइ थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here