- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरसवारी दुर्घटनामा दुईको मृत्यु

सवारी दुर्घटनामा दुईको मृत्यु

- Advertisement -spot_img

तुलसीपुर, ६ भदौ । दाङमा मंगलबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । तुलसीपुरमा दुई टेक्सी एक आपसमा ठोक्किदा एक महिलाको ज्यान गएको छ । शान्तिनगर गाउँपालिका वडा नम्बर ३ निवासी बर्ष ३२ की राधिका कडेलको दुर्घटनामा परी मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । मंगलबार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौरबाट तुलसीपुर आउँदै गरेको रा १ ज २१० नम्बरको टेक्सी र विपरीत दिशाबाट जाँदै गरेको लु १ ज १२३२ नम्बरको टेक्सी एक आपसमा ठोक्किदा एकजनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् । घाइते १८ जनाको तुलसीपुरमा उपचार भएको थियो भने अन्य घाइते भएका सातजनालाई तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । त्यसैगरेर तुलसीपुर उपमहानगरपालिका–१४ खौसापुरदेखी घोराहीतर्फ जाँदै गरेको रा १ ख ८१७ नम्बरको बस खौसापुर नजिकै दुर्घटना हुँदा बसमा सवार एकजना यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा बसमा सवार भारतको शिवहरी जिल्ला बस्ने अन्दाजी ३० बर्षका हरिकिशोर गुप्ता रहेको प्रहरीले जनाएको छ । उनको बसले च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here