सल्लीबजारमा अनुगमन

फिचर मुख्य खबर समाज

सल्यान, ३१ बैशाख ।
बनगाड कुपिण्डे नगरपालिका सल्यानको मुख्य व्यापारी केन्द्र सल्लीबजारमा अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डन, नगर प्रमुख गोविन्द पुन, वडा नम्बर १ का अध्यक्ष शान्तकुमार एरी, ईलाका प्रहरी कार्यालय सल्लीबजारको टोलीले आइतबार बजार अनुगमन गरेको हो ।
बजार अनुगमनका क्रममा म्याद नाघेका केही अखाद्य बस्तु नष्ट गर्नुका साथै दर्ता नभएका पसलहरुलाई पन्ध्र दिनभित्र नगरपालिका दर्ता गर्न अनुरोध गरिएको छ । बजार अनुगमन क्रममा केही व्यापारीहरुले होडिङ बोर्ड नराखेको, मुल्य सूचि नराखेको र खरिद बिक्री सामानहरु जथाभावी राखिएको भेटिएकोले यसलाई तत्काल सुधार गरेर राख्न अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टण्डनले जानकारी दिए ।
यस्तै बजारमा जथाभावी सडक मिचेर बनाईएका पसलहरु तत्काल हटाउन र दर्ता नभएका पसलहरुलाइ छिट्टै नगरपालिका कार्यालयमा दर्ता गर्न नगरप्रमुख गोविन्द पुनले आग्रह गरे । म्याद नाघेका अखाद्य वस्तुहरु घरेलु मदिरा दश लिटर, घरेलु रक्सी बनाउने औषधिसमेत नष्ट गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *