सल्यान कारागारमा पुस्कालय

मुख्य खबर

सल्यान, २६ चैत । कारागारका कैदीबन्दीहरुलाई जीवन र सोंचमा परिवर्तन ल्याउने उद्देश्यले जिल्ला कारागार सल्यानमा पुस्तकालय स्थापना गरिएको छ । कैदीबन्दीहरुलाई पढ्नको लागि भन्दै पुस्तकालय स्थापना गरिएको हो ।
कैदीबन्दीहरुको जेल जीवनको समयलाई ज्ञानमूलक अध्ययनका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कारागार किताब अभियानमा प्रदेशका सबै कारागारहरुमा एकैसाथ पुस्तकालय स्थापना गरेसँगै सल्यान जिल्लामा पनि पुस्तकालय स्थापना गएिको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक विरेन्द्र बहादुर शाहीले बताए ।
गलत क्रियाकलाप र गलत नसालाई मुक्त दिलाउनको लागि किताबको नसा लगाउनु पर्ने बाहिरको संसारलाई पनि देख्न सकून्, मनन गर्न सकून् भनेर कारकारमा पुस्तकालयको स्थापना गरिएको शाहीले बताए ।
बाहिरी संसारबारे जान्न र बुझ्न कैदीबन्दीलाई अध्ययनका लागि भन्दै कारागार सल्यानमा विभिन्न विधाका १ हजार ८ सय थान पुस्तक संकलन भएका छन् ।
पुस्तकालय स्थापनाका लागि जिल्लाका स्थानीय तह, विभिन्न संघ संस्था, ब्यापारी बुद्धिजीवि, साहित्यकार लेखकलगायतले पुस्तक हस्तान्तरण गरेका थिए ।
पुस्तक अध्ययनले कैदी बन्दीहरुले ज्ञान हासिल गरी समाजमा पुनस्र्थापना हुँदा सकरात्मक सोंचको विकास गरेर जाने उद्देश्यले कर्णाली प्रदेश प्रहरीले पुस्तक अभियान चलाएर जिल्ला जिल्लामा रहेका कारागारहरुमा पुस्तकालय स्थापना गरेको छ ।
कारागारमा पुस्तकालय स्थापना हुनु कैदीबन्दीहरुका लागि गौरबको कुरा भएको कैदीबन्दी मोहन थापाले बताए । उनले कारागारभन्दा बाहिरको संसार बुझ्न पुस्तक फलदायी हुने बताए । पुस्तक पढेर समाजमा गएर पुनस्र्थापना हुन सजिलो हुनका साथै जिउने आधारको विकास हुने उनले बताए ।
कैदीबन्दीहरुको संसार, खुल्ला आकासबाहेक अरु केही नभएकाले ज्ञान प्रदान गर्नका लागि पुस्तक नै भएको अर्का कैदीबन्दी सलिना गहतराजले बताए । पुस्तक पढेर धेरै कुरा सिकेर समाजमा पुनस्र्थापना हुन सजिलो हुने बताए ।
जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी प्रमुख विरेन्द्र बहादुर शाही, प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले, शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारी, उपन्यासकार उमा सुवेदीलगायतले पुस्ताकालयको उद्घाटन गरेका थिए ।
पुस्ताकालय स्थापनाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले पुस्तकालय आफै एउटा मन्दिर भएको बताए । जीवनमा अनेक घटना भैरहने भएकाले जो कोही मानिस पनि कुनै न कुनै बन्दीमा पर्ने भएकाले बन्दी हुनु जीवनको एउटा सपना भएको बताए ।
पुस्तक पढेर जीवनको मोड बदल्न कैदीबन्दीहरुलाई आग्रह गरे । उनले भने ‘पीडा सबैमा हुन्छ, त्यो पीडा पुस्तकमा परिणत बनाउनुस्, जीवनमा केही परिवर्तन ल्याउनुस्, यहाँबाट गएर समाजमा केही गर्नुस् ।’ समयलाई सदुपयोग गरेर पुस्तक अध्ययन गरी केही ज्ञान सिक्न आग्रह गरे ।
यस्तै कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीले कारागारका कैदीबन्दी हरुले उत्पादन गरेका सामग्रीहरु बिक्री हुन नसकेको अवस्थामा शारदा नगरपालिकाले खरिद गर्नमा सहयोग गर्ने बताए ।
बन्दीहरुले कारागारभित्र उत्पादन गरेका मुढा, टोपी लगायत सामग्रीहरु बजारीकरणमा सहयोग गर्ने बताए । बन्दी भएर बस्नुपर्ने बाध्यता भएको भन्दै बिचलित नहुन र आफूलाई सकारात्मक बनाउन कैदीबन्दीहरुलाई अनुरोध गरे ।
पुस्कालय स्थापनाका लागि सल्यानका १० वटै तहबाट करिब ४ लाख ८४ हजार रुपैयाँ संकलन भएको र १८ सय पुस्तक पुस्तकालयमा जम्मा भएको जानकारी दिइएको थियो । यसैबीच कारागारमा पुस्तकालय स्थापनापछि लेखक तथा उपन्यासकार उमा सुवेदीले कैदीबन्दीहरुसँग अन्तरक्रिया कार्यक्रम गरेकी छन् । उनले पुस्तक कसरी अध्ययन गर्ने ? कसरी पढ्ने ? भन्ने बारेमा जानकारी गराएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *