घोराही, १० साउन ।
सल्यानी युवा सञ्जालले खुल्ला रक्तदान कार्यक्रम गरेको छ । केही दिन पहिले घोराहीको रक्तसञ्चार केन्द्रमा रगत अभावको समाचार दाङका विभिन्न सञ्चार माध्यमहरुबाट प्रकाशन तथा प्रसारण भएपछि बिहीबार विद्यार्थीहरुले रक्तदान गरेका हुन् ।
खुल्ला रक्तदान कार्यक्रममा युवा, विद्यार्थी र पत्रकारहरुले रक्तदान गरेका थिए । घोराहीमा रहेको रक्तसञ्चार केन्द्रको ब्लड बैंकमा रक्तदान कार्यक्रम भएको थियो । मञ्चका अध्यक्ष राजन डाँगीको अध्यक्षतामा कार्यक्रम भएको हो । कोषाध्यक्ष एक्सन आरसीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा मञ्चका अध्यक्ष राजन डाँगी, एक्सन आरसी, कोषाध्यक्ष दिपेश ढकाल, पत्रकारहरु नवीन अभिलासी, लिलाधर वली, राजीव चौधरी, झूपलाल बुढा, सिर्जना भण्डारी, शिशिर बस्नेतले रक्तदान लगायतले रक्तदान गरेका थिए ।
यस्तै अनिता घर्ती, देविकला केसी, सविता केसी, खिमा जिसी, भावना केसी, राजसिंह जोरा, अजय डाँगी, ज्ञानेन्द्र कुवर, पुरुषोत्तम अधिकारी, सागर डाँगी, नवीन श्रेष्ठ, सुनिल श्रेष्ठ, बिनोद केसी, निर्मल श्रेष्ठ, सागर सन्देश वली, पूर्णिमा राणा, दिपक भण्डारी, तुल्सीराम डाँगी, राजकुमार सोनी, कल्पना केसीलगायतले रक्तदान गरेका थिए । कार्यक्रमको संयोजन समितिका बरिष्ठ उपाध्यक्ष दिपेश ढकाल तथा सहजीकरण दिपक भण्डारीले गरेका थिए ।
