सल्यानमा नयाँ यातायात प्रालि

फिचर मुख्य खबर

सल्यान, २८ फागुन । सल्यानमा नयाँ यातायात प्रालि सञ्चालनमा आएको छ । सल्यानको शारदा नगरपालिका–१ मा प्रधान कार्यालय रहने गरी सल्यान शारदा यातायात प्रालि सोमबारदेखि सञ्चालनमा आएको हो । प्रालिले साना मिनि बसहरुलाई सञ्चालन गरी दाङ, नेपालगंज तथा लोकल रुटमा यात्रुलाई सेवा दिने बताइएको छ ।
सोमबार प्रालिको उद्घाटन गर्दै जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख हरिप्रकाश बुढाथोकीले जनताको सेवा सुविधालाई ध्यानमा राखी गाउँस्तरका मजबुत सडकहरुमा गाडीहरु सञ्चालन गर्दा सबैको भलो हुने बताए । पछिल्लो समय देशैभरी यातायात कम्पनी खुल्ने लहर चलेकोले यस्ता कम्पनीहरुलाई पनि सबै क्षेत्रबाट सहयोग हुन जरुरी रहेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ठ अतिथि छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले यातायात क्षेत्रमा सिन्डिकेट अन्त्य भैसकेका कारण निर्धक्कसँग यातायात सञ्चालन गर्नुपर्ने बताए । जिल्लाकै ब्यक्तिहरुले प्रालि खोलेका कारण सबैले सहयोग गर्नुपर्ने बताउँदै उनले बाहिरी जिल्लाबाट आई पुराना गाडी ल्याएर प्रालि खोली फाइदा भरी बाहिरी जिल्ला लग्नेलाई निरुत्साहित गर्नुपर्ने बताए ।
पहिलो चरणअन्तर्गत साना मिनिबसबाट सल्यान जिल्लाका विभिन्न ग्रामीण सडकमा गाडीहरु सञ्चालन गर्ने र यात्रुको सेवा सुविधालाई ध्यानमा राखी दाङ तथा नेपालगंजका लागि समेत थप सेवा विस्तार गरिने र लोकल रुटमा पनि यातायात सेवा चल्ने बताइएकोे छ ।
सल्यान–रुकुम यातायात समितिबाट सञ्चालन हुँदै आएका १६ वटा मिनीबसहरु र जिल्लामा सञ्चालित शारदा यातायात प्रालि र कुमाख यातायात प्रालिका बसहरु गरी ३० वटा मिनीबसले जिल्लाभरी स्तरीय सेवा दिने प्रालीले जनाएको छ ।
११ जनाको कार्यसमिति रहेको यातायात प्रालिका अध्यक्ष डम्बर सिंह तिरुवाले जानकारी दिए । अध्यक्ष डम्बर सिंह तिरुवाले सल्यान जिल्लाका कतिपय ग्रामीण सडकमा स्तरीय सेवा दिन नसकिरहेको अवस्थामा अब नयाँ प्रालिले गाडी पुग्ने सबै सडकमा स्तरीय सेवा दिने बताए ।
पछिल्लो समयमा प्रालिका पनि साना गाडी रहेको अवस्थामा सबैसँगमा मिलेर यात्रुलाई उत्कृष्ट सेवा लिनमा तत्पर रहन अध्यक्ष तिरुवाले बताए । कार्यक्रममा कुमाख यातायात प्रालिका अध्यक्ष प्रमोद श्रेष्ठ, वडा अध्यक्षहरु हिमेन्द्रबाबु सेजवाल, दिपक हमाल व्यवसायी कुमार बुढाथोकीलगायतले मन्तव्य तथा शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *