सल्यानमा घरेलु मदिरा नष्ट

फिचर मुख्य खबर राजनीति समाज

सल्यान, १३ जेठ ।
अवैध घरेलु मदिरा नियन्त्रणको अभियानमा लागिरहेको सल्यान प्रहरीले फेरी पनि ठूलो परिमाणमा मदिरा नियन्त्रण र नष्ट गरेको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर १, ५ र ६ मा रहेका केही घर तथा होटेलहरुबाट १५ सय लिटर मदिरा जफत गरी आइतबार ईलाका प्रहरी कार्यालय नजिक नष्ट गरिएको ईप्रका लुहामका इञ्चार्ज लक्ष्मन डाँगीले बताए ।

पटक– पटक गरेर बरामद भएको सात सय लिटर ‘लोकल रक्सी’, आठसय लिटर रक्सी बनाउन प्रयोग हुने ‘जाँड’ र तीनसय किलो जाँड बनाउन प्रयोग हुने कच्चा पदार्थ ‘द्वारे झार’ बिहान खाडलमा पुरेर नष्ट गरिएको ईलाका प्रहरी कार्यालय लुहामका इञ्चार्ज सई लक्ष्मण डाँगीले जानकारी दिए ।


प्रहरीले ४५ घ्याम्पा र १५ वटा ग्यालिन गरी सातसय लिटर लोकल मदिरा र आठसय लिटर जाँड बरामद गरी नष्ट गरेको र प्रहरीले मदिरा बनाउन प्रयोग हुने द्वारे झार र जाँडको औसधी पनि जफत गरी नष्ट गरेको हो । पटक– पटक गरेर बरामद भएको सात सय लिटर ‘लोकल रक्सी’, आठसय लिटर रक्सी बनाउन प्रयोग हुने ‘जाँड’ र तीनसय किलो जाँड बनाउन प्रयोग हुने कच्चा पदार्थ ‘द्वारे झार’ बिहान खाडलमा पुरेर नष्ट गरिएको ईलाका प्रहरी कार्यालय लुहामका इञ्चार्ज सई लक्ष्मण डाँगीले जानकारी दिए ।
‘त्रिवेणी गाउँपालिकाको वडा नम्बर १, ४ र ६ का विभिन्न होटल एवम् घरमा खोजतलास गरेर हामीले घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चापदार्थ बरामद गरेका हौँ’ इञ्चार्ज डाँगीले भने, ‘बरामद गरिएको मदिरा जनप्रतिनिधि, बुद्धिजीवि, स्थानीयको रोहबरमा आइतबार बिहान ईप्रका नजिकै डोजरले खाडल खनी त्यसमै नष्ट गरिएको छ ।’

मदिरा नष्ट गर्ने कार्यक्रममा त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले अवैधरुपमा बिक्री वितरण हुँदै आएका मदिरा नियन्त्रण र अनुमति नलिइकन सञ्चालित पसलहरुलाई मर्यादित बनाउन जरुरी रहेको भन्दै यसले समाजमा शान्ति सुरक्षामा समेत सुधार आउने विश्वास व्यक्त गरे । उनले भने, ‘लुहाम प्रहरीले यसअघि पनि विभिन्न स्थानबाट घरेलु मदिरा बरामद गरी नष्ट पारेको थियो, यसले सभ्य समाज बनाउन र शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउन निकै ठूलो टेवा पु¥याएको छ ।’
सो अवसरमा राष्ट्रिय वाणिज्य बैंक लुहाम शाखाका प्रवन्धक नवराज सुवेदी, त्रिवेणी शिक्षा शाखाका प्रमुख दामोदर शर्मा, लुहाम बजार व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर रावत, विभिन्न वडाका वडा अध्यक्षहरुको सहभागिता थियो । अवैध मदिरा नियन्त्रण अभियानपछि समाजमा आपराधिक घटनामा समेत कमी आउने ईप्रका लुहामका इञ्चार्ज डाँगीको भनाइ छ । गत बैशाखको पहिलो सातातिर पनि सल्यान प्रहरीले त्रिवेणी गाउँपालिकाकै विभिन्न बजारबाट १४ सय लिटर बढी अवैध घरेलु मदिरा बरामद गरेको थियो ।
जिल्लामा हुने आपराधिक क्रियाकलापलाई हेर्दा अधिकांश घटना मदिराका कारणले हुने गरेको प्रहरीको भनाइ छ । सामाज शान्ति सुरक्षालाई मजबुद बनाउन पनि अवैध रुपमा उत्पादन गरिएका घरेलु मदिरा नष्ट गर्ने अभियानलाई तिब्रता दिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *