- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरसल्यानमा काँग्रेस जनजागरण तीव्र

सल्यानमा काँग्रेस जनजागरण तीव्र

- Advertisement -spot_img

सल्यान, ६ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सुरु गरेको जागरण अभियानलाई सल्यान काँग्रेसले पनि तिब्रता दिएको छ । जननायक वीपी कोईरालाको १०६औँ जन्मजयन्तीको अवसरमा भदौ २४ गते वृक्षारोपण गरी सुरु गरेको थियो ।
हाल जिल्लाका विभिन्न ठाउँमा आफ्नो जागरण अभियान सफल पारेको पनि जनाएको छ । जागरण अभियानको क्रममा शारदा नगरपालिकाको श्रीनगरमा कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रम गरेको हो ।
हाल नेपाली काँग्रेसले पार्टीका राजनैतिक संरचना, पार्टीका नीति तथा पार्टीका नेता र कार्यकर्ताहरुले खेल्नुपर्ने भूमिकाका विषयमा चर्चा गरेका छन् । विषेशगरी उनीहरुले जागरण अभियानमा सरकारको चर्को आलोचना गरेका छन ।
जागरणले नेता कार्यकर्तालाई गोलबद्ध बनाई एकताको सन्देश दिएको बताएका छन् । केन्द्रीय प्रतिनिधि सीता रानाको प्रमुख आतिथ्यतामा कार्यक्रमहरु चलिराखेका कार्यक्रम असोज ७ गतेसम्म चल्नेछ ।
जिल्ला दौडाह कार्यक्रममा नेताहरु डिल्लीराज रेग्मी, राजेन्द्र बहादुर शाह, गणेश चन्द, केश बहादुर विष्ट, महेश मल्ल, प्रेम डाँगी, सुरेश अधिकारी, टिकाराम रोका लगायतका नेताहरुको सहभागिता छ ।
काँग्रेसलाई अब नयाँ उचाईमा पु¥याउनका लागि आम जनताका जनचासोमा केन्द्रित रहि उनीहरुका समस्यालाई सम्बोधन गर्नुका साथै नेपाली काँग्रेसले हाल गरिरहेको काम कारवाहीबारे जानकारीका लागि यो अभियानहरु सञ्चालन गरेको बताइएको छ । जनताका निम्ती नेताहरु चुनामा मात्रै भेटघाट गर्छन् भन्ने आम बुझाईलाई चिर्नको निम्ती पनि हामी गाउँ–गाउँमा गएका छौँ ।
देश नयाँ संरचनामा गएकोले कहिकतै काँग्रेस प्रति केही असन्तुष्टी होलान ति असन्तुष्टी लाई सम्बोधनको निम्ती पनि यसरी तिब्र गतिको अभियान चलाएको बताए ।
जागरण अभियानको क्रममा सामाजिक संवाद, युवा केन्द्रित, पार्टी प्रवेश, वडास्तरीय अन्तरक्रिया कार्यक्रमलगायतका कुरामा केन्द्रित रहेको छ । अबका दिनमा कपुरकोट, त्रिवेणी, छाँयाक्षेत्रलगायतका ठाउँमा कार्यक्रम गरी ७ गते सम्पन्न गर्ने पनि जानकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here