सरस्वती मावि पढाइ महोत्सव

फिचर समाज
घोराही, ६ साउन । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित सरस्वती माध्यमिक विद्यालय भरतपुरमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत आइतबार पढाइ महोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
पढाइ महोत्सव कार्यक्रममा कक्षा १ का विद्यार्थीहरुबीच चित्रकला प्रतियोगिता, कक्षा २ का विद्यार्थीहरुबीच पढाइ प्रतियोगिता र कक्षा ३ का विद्यार्थीहरुबीच श्रुतीलेखन प्रतियोगिता भएको थियो । प्रतियोगिताअन्तर्गत चित्रकला प्रतियोगितामा विनोद कुमाल प्रथम, विजय सुनार द्वितीय, सन्दिप खड्का तृतीय र विनिता विक सान्त्वना भएका थिए ।
यसैगरी पढाइ प्रतियोगितामा सुविक्षा नेपाली प्रथम, अब्दुल कलिम द्वितीय, सुवास नेपाली तृतीय र सन्जाप मियाँ र बिमल चौधरी सान्त्वना भएका थिए ।यसैगरी श्रुतिलेखन प्रतियोगितामा दुर्गा रावत प्रथम, संगीता शर्मा द्वितीय, विशाल खड्का तृतीय र लिलबहादुर कुमाई सान्त्वना भएका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धनेश्वर पौडेलको अध्यक्षता, घोराही उपमहानगरवडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यता एवं राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका जिल्ला संयोजक हल्लुप्रसाद चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रमका प्रमुख आतिथि वडा अध्यक्ष रमेशकुमार पाण्डेयले विद्यालयमा सञ्चालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमबाट विद्यार्थीहरुको अन्तनिहीत प्रतिभा प्रस्फुटन भएको भन्दै प्रसन्नता ब्यक्त गरे ।
कार्यक्रममा प्रतियोगिताका विजयी छात्रछात्राहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेल, विद्यालय ब्यवस्थापन समितिका सदस्य ईश्वर बादी, राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका मोहन केसीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका छात्रछात्राहरुले गीत, नृत्य र नाटक प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश डाँगीले गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *