सरस्वती माविमा आइटी डिप्लोमा

समाज

घोराही,
सरस्वती मावि भरतपुर काठेकोहलले यही वर्षदेखि सिटिइभिटिअन्तर्गत तीन वर्षीय सूचना प्रविधि (आईटी) डिप्लोमा कार्यक्रम सञ्चालनको लागि अन्तिम तयारी भइरहेको जनाएको छ । विद्यालयले शनिबार पत्रकार सम्मेलन गरेर सिटिइभिटिबाट पनि अनुमतिका लागि प्रारम्भिक चरणको पत्र आइसकेको जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनेश्वर पौडेलले त्यसै अनुसार नै यही वर्षदेखि सिटिइभिटिको पठनपाठनको लागि आवश्यक पूर्वाधारको सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन् । सिटिइभिटि पढाउनको लागि आवश्यक पर्ने जनशक्ति पनि तयार भईसकेको विद्यालयको प्रधानाध्यापक वसन्ता पौडेलले बताइन् । जिल्लामा सामुदायिक विद्यालयमा पहिलो पटक सञ्चालन हुन लागेको सूचना प्रविधि कार्यक्रमलाई प्रभावकारी वनाउने लक्ष्य लिएको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *