- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरसरसफाईमा टोलबासी

सरसफाईमा टोलबासी

- Advertisement -spot_img

घोराही, १७ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर १६ लाई पूर्ण सरसफाई उन्मुख बनाउन टोल विकास संस्थाहरु लागिपरेका छन् । वडा कार्यालयले थालेको पूर्ण सरसफाई उन्मुख अभियानलाई सफल पार्न वडाभित्रका सम्पूर्ण टोल विकास संस्थाहरु लागिपरेका हुन् ।
पूर्ण सरसफाई उन्मुख अभियानलाई सफल पार्न कस्सिएका टोल विकास संस्थाहरुले शनिबार घोराही–सर्रा सडकको दुबै किनारमा सरसफाई गरेका छन् । वडाभित्रका सानी अम्बापुर टोल विकास संस्था, मुना टोल विकास संस्था, भगवानपुर टोल विकास संस्था, इञ्जिनियरिङ टोल विकास संस्था, सर्रा टोल विकास संस्था, गरुवागाउँ टोल विकास संस्था, डाँफे टोल विकास संस्था, मुक्तकमैया शिविर टोल विकास संस्था, र शक्ति टोल विकास संस्थाले सडक वरपर सरसफाई गरेको कार्यवाहक वडा अध्यक्ष जगतबहादुर श्रेष्ठले जानकारी दिए ।
वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा अभियानलाई तीब्र बनाउँदै लगेको भन्दै कार्यवाहक वडा अध्यक्ष श्रेष्ठले शनिबार पाँच गाडी फोहोर संकलन भएको जानकारी दिए ।
वडालाई सरसफाई उन्मुख बनाउने अभियान स्वरुप हरेक महिनाको १ र १५ गते वडाभित्रका सम्पूर्ण टोल विकास संस्थाहरुले सरसफाई कार्यक्रम सञ्चालन गर्ने वडा सचिव नारायणप्रसाद शर्माले जानकारी दिए ।
दाङ सूचना तथा अध्ययन केन्द्रको आयोजना तथा वडा नम्वर १६ को सहयोगमा सुरु भएको पूर्ण सरफाई अभियानअन्तर्गत पहिलो चरणमा विद्यालय र दोस्रो चरणमा टोल विकास संस्था र सरोकारवाला निकायका प्रमुखलाई पूर्ण सरसफाई सचेतना प्रदान गरिएको थियो ।
अभियानकै क्रममा वडाभित्र रहेका सम्पूर्ण टोलभित्रका सार्वजनिक स्थलहरुको सरसफाई गरिसकिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here